Websoft University

इन्सेकको वार्षिक समिक्षा सम्पन्न -एक वर्षमा ३५ बहुविवाह

 


सुनसरी इनरुवा समाचारदाता--इनरुवा, मङ्सिर २३ गते । रातो तारा डट कम, सुनसरी सदरमुकाम इनरुवामा नेपाल मानवअधिकार वर्षपुस्तक– २०२२ को पूर्व वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार र सामाजिक न्यायको निम्ति कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १ नम्वर प्रदेश कार्यालय विराटनगरको सहयोग, इन्सेक सुनसरीको आयोजना तथा गैरसरकारी संस्था महासंघ मेघराज न्यौपानेको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आथित्यमा समिक्षा सम्पन्न भएको हो ।


कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिती रहेको थियो । सम्पन्न कार्यक्रममा प्रस्तुत गरेको प्रतिवेदन अनुसार सशस्त्र द्धन्द्ध, जनआन्दोलन र त्यसयता विभिन्न आन्दोलतनबाट प्राप्त उपलब्धीहरुको संस्थागत हुन नसेकको कारणले नागरिकमा पूर्ण मानव अधिकारको अनुभुती गर्न नपाएको अवस्था रहेको छ । देशमा आएको परिवर्तनले नागरिकलाई जसरी अनुभुती दिलाउनुपर्ने थियो त्यसरी दिन सकेको छैन् प्रतिवेदनमा भनिएको छ । शिक्षा, स्वास्थ्य, खाध्य, अवास र सूचनाको हकको पनि उपभोग सहज गर्न नपाएको अवस्था प्रतिवेदनले औल्याएको छ । प्रस्तुत विवरणमा प्रत्येक घटनाको मिति, पीडितको नाम, पीडकको नाम, उमेर, घटनाको प्रकृति, कार्वाही, उपचार , हनन, उल्घंन तथा अपराध र मानव अधिकारको विषय इन्सेक बाहेक अति गोप्य रहने भएकाले सूचना चुहावट नहुने जानकारी गराएको छ । इन्सेक प्रतिनिधि जयकृष्ण यादवले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार जनवरी १ देखी डिसेम्बर ८ सम्मा जिल्लामा दुई वटा हत्या, ८० वटा बलात्कार, २६ वटा बलात्कार प्रयास, ३५ वटा बहुविवाह, एक वटा बोक्सीको आरोप, एसिड आक्रमण एक वटा, मानवबेचविखन ५ वटा, १४ वटा बाल यौन दुरुपयोग र चार जना पत्रकारलाई धम्मी आएको उल्लेख गरिएको छ । यसैबीच कार्यक्रममा मानव अधिकार समूहका कोशी सदस्य राजकुमार शर्मा, मानव अधिकार समूह भोक्राहा नरसिंहका निवर्तमान अध्यक्ष शोभा मेहता, सदस्य नुनुलाल साहलाई सम्मान गरिएको छ । गाउँमा बसेर मानव अधिकारको क्षेत्रमा योगादन गरेको भन्दै सम्मान गरेको इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले जानकारी दिनुभयो । तीनै जनालाई कार्यक्रमका प्रमुख अथिति सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कदर पत्र र दोसल्लाले सम्मान गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष खेमराज पोखरेलले मानव अधिकार वर्ष पुस्तकमा सुधार गर्दै अपराधको घटनालाई घटाउदै लानुपर्ने सुझाव दिनुभयो । नेपाली काग्रेंसका युवा नेता धिरज भट्टराईले बैदेशिक रोजगार र श्रमको नाममा ठगीमा पर्नेहरुको सवाल समेत नेपाल मानवअधिकार वर्षपुस्तकमा समावेश गर्नुपर्ने सुझाव दिनुभयो । 

इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना र्गौतम पोखरेलले मदर्शामा महिला तथा छोरीलाई शिक्षा अझै राम्रोसंग दिन नसकेको र बन्धनमा बसेको जस्तो गुनासो आएकाले त्यसमा पनि नेपाल मानवअधिकार वर्षपुस्तकले ध्यान दिनुपर्ने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले नेपाल प्रहरी अपराध न्युनिकरण गर्न र दोषीलाई कार्वाही तथा पीडितलाई न्यायको निम्ति प्रतिवद्ध रहेको बताउनुभयो । प्रहरीले हेर्ने सबै मुद्धा र सवाल हेरेको भएपनि केही नागरिकले प्रहरीले हेर्न नमिल्ने समस्या समेत लिएर आउने भएकाले कहिलेकाही समस्या हुने गरेको सुनाउनुभयो । 

नागरिक समाजका पुरुषोत्म घिमिरेले नेपाल मानवअधिकार वर्षपुस्तकले देशको अवस्था चित्रण गर्ने र त्यसमा सुनसरीको पनि रिर्पोट राम्रो जानुपर्ने बताउनुभयो । वहाँले करागार र प्रहरी हिरासतको घटनालाई समेत प्राथमिकताका साथ राख्नुपर्ने सुझाव दिनुभयो । 

पत्रकार राजेन्द्र पोखरेलले नेपाल मानवअधिकार वर्षपुस्तकमा बढी अपराधको घटनाहरु आउने गरेकाले अन्य सावललाई प्राथमिकता दिनुपर्ने होईन भने परिर्माजन वा प्रकाशन नै बन्द गर्नुपर्ने धराणा राख्नुभयो । 

अधिकारकर्मी शोभा मेहताले शिक्षामा सबैको पहुच आवश्यक रहेको र स्वदेशमा रोजगारको अभाव अनि त्यसको नाममा हुने श्रमशोषणका सबाललाई नेपाल मानवअधिकार वर्षपुस्तकमा समेटिनुपर्ने सुझाव दिनुभयो । 

नेपाल पत्रकार महासंघका सदस्य मिकायल आलमले स्थानीय सरकारलाई शिक्षाका लागि ध्यान आवश्यक रहेको औल्याउनुभयो । वहाँले मदर्शालाई हेर्ने दृष्टिकोण अझै सरकारको सही नभएकाले त्यसमा पनि नेपाल मानवअधिकार वर्षपुस्तकले बोल्नुपर्ने बताउनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टीका रघुनन्दन मेहता, अभिनन्द यादव, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष अजित कुमार झा, सदस्य दिपेन्द्र यादव, पार्सद सुनिल कुमार चौधरी, पत्रकार राजेन्द्र पोखरेल, अमर काफ्ले, सुरेन्द्र मेहता, मुनाफ हसन, गणेश यादव ,ब्रहमदेव मेहता, साहित्यकार बिमला पोखरेल, अधिकारकर्मी यदु मण्डल, कृषि बैज्ञानिक चिरन्जन यादव, विश्वनाथ ओझा, कृष्ण भगत बब्लु, बेलला अंसारी, राजकुमार शर्मा, सरस्वती माविका शिक्षक देवकृष्ण यादव, शोभा मेहता, मोहोसिम आलम, इमामुल हक, दिलिपचन्द साहु, पुजाकुमारी मण्डल सहितको ४० बढी सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।  

प्रजिअ यादवलाई सुशासन सम्मान 

इनरुवा समाचारदाता

इनरुवा, मङ्सिर २३ गते । सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशन हुदै आएको सात्य संसार साप्ताहिक पत्रिकाले विभिन्न विद्यामा सुशासन सहित उत्कृट काम गर्ने तीन जनालाई सम्मान गरेको छ । पत्रिकाले आफ्नो पाँचौ वार्षिक उत्सव कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सुशासन सम्मानबाट सम्मानित गरेको हो ।

प्रजिअ यादवलाई जिल्लामा आएको दुई महिनाको अवधिमा सूचना प्रवाह, पत्रकारसंगको समन्वय र कार्यालयहरुमा निरिक्षण तथा अनुगमन गरी नियमिततामा योगदान गर्दै सुशासन कायम गर्न योगदान गरेको भन्दै सम्मान गरेको प्रकाशक ममता यादवले जानकारी दिनुभयो । यादवसगैं सत्य संसार युवा सृजनशिल सम्मानबाट पत्रकार राजेन्द्र पोखरेल र साहित्य सम्मानबाट कवि बिमला पोखरेल सम्मानित हुनुभएको प्रकाशक ममता यादवले जानकारी दिनुभयो । 

विकास, सुशासन र न्यायको क्षेत्रलाई मुख्य आधार बनाएर साप्ताहिक पत्रिका प्रकाशन गरिरहेको सत्य संसार साप्ताहिकले सुशासन, साहित्य र पत्रकाररिता क्षेत्रका तिनजनालाई सम्मान गरेको हो । नागरिक अधिकार र सुशासनका साथै पारदर्शिताको क्षेत्रमा समाचार संकलन र सम्प्रेषण गर्ने क्रममा सृजनशिल पत्रकारीता गरिरहेका इनरुवाका पत्रकार राजेन्द्र पोखरेललाई सृजनशिल युवा पत्रकारीता पुरस्कारबाट सम्मान गरिएको यादवले बताउनुभयो ।

यसैगरि साहित्य क्षेत्रमा रहेर जिल्लामा साहित्य कलाका माध्यमबाट समाज र सृजनात्मक लेखनमा मह्त्वपुर्ण भमिका निर्वाह गरिरहेकी साहित्यका बिमला पोखरेललाई साहित्य सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्की, नेकपा एमालेका अध्यक्ष खेमराज पोखरेल, नागरिक समाजका अगुवा पुरुषोतम घिमिरे, चितरञ्जन यादव, धिरज भट्टराई, बब्लु भगत, संचारकर्मी, गैससका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

१, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सुशासन सम्मानबाट सम्मानित गर्दै ।

तस्बिर ः गोरखापत्र दैनिक । इनरुवा 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.