Websoft University

पूर्व शिक्षक सेलिङ्को शिक्षामा चवालिस वर्ष संस्मरण विमोचित


काठमाडौँ, २४ मङ्सिर  । रातो तारा डट कम, शैक्षिक अभियन्ता भीमकुमार सेलिङ्को शिक्षा संस्मरण कृति शिक्षामा चवालिस वर्ष विमोचन भएको छ । विहिबार ललितपुर स्थित यलखिममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ्ले विमोचन गरेका हुन ।

विमोचन कार्यक्रमका प्रमुख आतिथि रहेका मन्त्री खापुङले विमोचित उक्त कृतिको सफलताको शुभकामना दिए ।मन्त्री खापुङले आफुसमेत शिक्षकका रुपमा आठ बर्ष काम गरेको स्मरण गर्दै नेपालको हरेक परिवर्तन शिक्षकहरुको अहम भूमिका रहेको उल्लेख गरे ।

पाँचथरका याङ्वारक गाउँपालिका ओयाम निवासी चौहत्तर वषिय लेखक भीमकुमार सेलिङ्ले उक्त कृतिमा आफ्नो चवासिल वर्षे शिक्षक जीवन तथा शैक्षिक अभियानको ऐतिहासिक संस्मरण प्रस्तुत गरेका छन । कृतिको विमोचन गर्दै प्रमुख अतिथि राज्यमन्त्री खापुङ्ले नेपालको हरेक परिवर्तनमा शिक्षकहरूको महत्त्वपूर्ण ऐतिहासिक भूमिका र योगदान रहेको चर्चा गर्दै लेखकको यस कृतिले पाँचथर ओयामको त्यस्तै योगदानको ऐतिहासिक अभिलेख राखेको बताए ।

कार्यक्रममा समीक्षात्मक टिप्पणी राख्दै स्वप्निल स्मृतिले सेलिङ्को सो आत्मसंस्मरण कुनै बनिबनाउ साहित्य नभइ यथार्थ भोगाइ र योगदानको सही अभिलेख भएको बताए । कृतिप्रति शुभकामना मन्तव्य राख्ने क्रममा साहित्यकार तथा याक्थुङ लेखक संघका सल्लाहकार धर्मेन्द्रविक्रम नेम्बाङ्ले उक्त कृति शैक्षिक जगतको सबाल्र्टन आवाज र अभिलेख भएको बताए ।

मदन पुरस्कार विजेता तथा आदिवासी जनजाति लेखक महासंघका अध्यक्ष राजन मुकारुङ्ले यस्तै सिमान्त क्षेत्र र पक्षका कृतिले मात्र नेपालको वास्तविक शैक्षिक इतिहास र अवस्थाको प्रतिविम्ब उत्तार्दै सही दिशानिर्देश समेत गर्ने दावी गरे ।

अर्का  मदन पुरस्कार विजेता पूर्व प्रजिअ भगिराज इङ्नामले यो कृति एक जीवन्त सुब्बा परिवारको कृति भएकाले यसले लिम्बू सुब्बाप्रथा र परिवारको यथार्थ चित्रण समेत गर्न सकेको बताए । कार्यक्रममा नेपाल प्रहरीका एसएसपी चन्द्रकुबेर खापुङ् र पूर्वउपरथी होमकुमार लावतीले समेत शुभकामना मन्तव्य राखेका थिए ।

कृतिका प्रकाशक ओयाम सरोकार समाज, काठमाडौँको अध्यक्ष खिम सेलिङ्को ओयाम क्षेत्रमको शैक्षिक इतिहास नियाल्न यो कृति एउटा महत्वपूर्ण दस्तावेज भएको उल्लेख गरे ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.