Websoft University

चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा वाला मेला, ततायो रातैभर कलाकारहरुले


मोहन कुमार राई , चैनुर । रातो तारा  डट कम, संखुवासभा , चैनुर नगरपालिका स्थित पूर्वकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा भव्य रुपमा वालाचतुर्दशी मेला लागेको छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएको सत्यदेवीको दाहीने आखा पतन भएको ठाउँ जहा सिद्धकाली मन्दिरले चर्चित तिर्थस्थल तथा धार्मीक पर्यटकीय स्थलको रुपमा परिचित छ । यसै ठाउमा हरेक वर्ष वालाचतुदर्शी पर्व धुमधाम मनाइने गर्दछ । आफ्ना दिवङ्गत आफन्त एवं पितृ उद्धारको लागि रातैभर मन्दिर परिसरमा जागराम वस्ने भजनकृतन गाउने गर्दछ । त्यसका लागि मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा वस्नको लागि पूर्णरुपमा व्यवस्थापन गरेको मन्दिर व्यवस्थापन समितिका सचिव पदम बहादुर अधिकारीले वताउनुभयो । यसैगरी रातभर जाग्रम वसी विहान कैलासमा सतवीज छरेपछि सम्पन्न हुने गर्दछ । 

नव हिमचुली युथ क्लव सिद्धकालीलको आयोजनामा  मन्दिर परिसर भित्र भजनकृतिन र मन्दिर परिसर बाहिर मेला भर्न आउने युवायुवतीहरुलाई भरपुर मनोरञ्जन दिन नृत्य, गायन लगायत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । मेलामा राष्ट्रय स्तरको कलाकारहरु सेवाहाङ लामा, एलिना अधिकारी, कुवेर खम्बु, लगात स्थानीय कलाकारहरु, साथै गरिमा डान्स सेन्टर धरानबाट आएका नृत्य टोलीले रातैभर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । 

मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवं चैनपुर नगरपालिका नगर प्रमुख भरत कुमार खत्रीको सभापतित्वमा  मेलापर्व साँस्कृतिक कार्यक्रमको  औपचारिक उद्घाटन भएको थियो । बहुधार्मिक, बुहभाषिक, बहुसाँस्कृतिक विविधयुक्त देश भएकाले एक आपसमा सदभव गर्दै मेला भर्न आउनुहुने धर्मवलम्बी, साँस्कृतक समुह सबैमा स्वागत  व्यक्त गर्दै भविष्यमा अझ व्यवस्थित गर्दै जाने आश्वसन दिनुभयो ।

 यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवं संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले वालाचतुर्दशी मेलाको सास्कृतक कार्यक्रमको उद्घाटन गर्नुहुँदै सिद्धकाली देवीले सबैमा सतवुद्धि, सतविचार, सकारात्मक दृष्टी प्रदान गरुन भन्ने कामना गर्दै यस मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको वताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, अरुण ४नं. गुल्म सशस्त्र प्रहरी वल संखुवासभाका प्रमुख डिएसपी विशाल सिलवाल, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधहरु लगायतको उपस्थिति रहेको मेला आयोजक कमिटि सदस्य प्रेमप्रसाद दाहाले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.