Websoft University

बेश्याबृत्ति गर्ने गराउन कार्यमा संलग्न २ जना पक्राउ

सुनसरी पुस १। रातो तारा डट कम, इटहरी उमनपा वडा न.९ स्थित रहेको रिभरसाईड होटल एण्ड लजको कोठामा सांकेतिक नाम जि।१०-IT-08-26-SS लाई राखी होटलमा आउने अन्य पुरुष मानिसहरुसँग बढी पैसा लिई कोठामा बस्न लगाई यौन सम्पर्क गर्न लगाई बेश्याबृत्ति कार्य गराउदै आएको भन्ने सुचनाको आधारमा यस कार्यालयबाट खटी गएको प्रहरी टोलिले उक्त होटलबाट पिडितलाई उद्वार गरी निम्न स्थान बस्ने निम्न मानिसहरुलाई पक्राउ गरी निजहरु उपर  मानव बेचबिखन मुद्दा शिर्षकमा मिति २०७८।०८।२९ गते सम्मानित सुनसरी जिल्ला अदालतबाट दिन ७ (सात) को  म्याद थप भई थप अनुसन्धान गर्ने कार्य भई रहेको छ। 

निम्न -

जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं। ४ बस्ने बर्ष ३६ को गौतम लेप्चा ।

 जिल्ला संखुवासभा नुम गाउपालिका वडा न ५ बस्ने बर्ष २० को मिनराज पराजुली ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.