Websoft University

अवैध जडीबुटी जन्य वनस्पति सहित पक्राउ


संखुवासभा, पौष ६ गते । संखुवासभाको मकालु गाउँपालिका-३ स्थितबाट अवैध जडीबुटी जन्य वनस्पति बोकेको ट्रयाक्टर सहित प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सवा बाह्र बजे मकालु-३ स्थित कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय हेदङनाबाट

खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा च्यामताङबाट ना.७ त ५६२१ नम्वरको ट्रयाक्टरको डालामा त्रिपालले छोपी सदरमुकाम तर्फ लादै गरेको अवस्थामा धुपी १४८.८३८ किलोग्राम, पाखनवेद ७१ किलोग्राम सहित नियन्त्रणमा लिएको हो । 


नियन्त्रणमा लिएको अवैध वनस्पति, ट्रयाक्टर र चालक संखुवासभा खाँदवारी नगरपालिका-३ का २३ बर्षिय अनिल दर्जी समेतलाई थप अनुसन्धान प्रक्रियाको लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.