Websoft University

श्याम राई÷उदयपुर  गाईघाट, २ पौष । रातो तारा डट कम, गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गत सुनकोशीमा वर्षेनी अस्थायी बेलिब्रिज जडान गरिदा राज्यले ठूलो आर्थिक भार व्योहोर्नु परेको छ ।

सुनकोशीमा पक्किपुल निर्माणमा ढिलाई हुदा त्यसको विकल्पमा जडान गरिएको बेलिब्रिजको कारण वर्षेनी लाखौ रुपैया खर्च हुदै आएको छ । सुनकोशीमा आठ वर्षदेखि बेलिब्रिज जडान हुदै आएको गाईघाट–दिक्तेल सडक आयोजनाले जनाएको छ ।

गत वर्षमा खोलिएको बेलिब्रिज पुःन जडान गरिएपछि बिहिबारदेखि गाईघाट–दिक्तेल सिधा यातायात सेवा सूचारु भएको छ ।

यो वर्ष बेलिब्रिज जडानको लागि ७८ लाख रुपैया खर्च भएको गाईघाट–दिक्तेल सडक योजनाका प्रमुख गोपाल प्रसाद खकुरेलले बताए ।

उदयपुरको रौतामाई–५ फोक्सिनटार र खोटेहाङ्ग गाउँपालिका–९ स्थित सुनकोशीमा बेलिब्रिज जडानको लागि रेग्मी निर्माण सेवाले ठेक्का मार्फत काम गरेको हो । ठेकेदारले हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्षातमा नदीमा पानीको सतह बढेसँगै बेलिब्रिज खोल्ने  गरिन्छ । बेलिब्रिज जडान गरिएको स्थानदेखि झण्डै २ सय मिटर दक्षिणतर्फ पक्कि पुल निर्माण हुन थालेको पनि झण्डै सात वर्ष भैसकेको छ । तर ठेकेदारले ढिलाई गर्दा पुल निर्माणले गति लिन सकेको छैन ।

समयमा पुल निर्माण नहुदा वर्षेनी लाखौ रुपैया खर्च गरेर बेलिब्रिज जडान गर्नु परिरहेको डिई खकुरेलले बताए ।

‘ पक्कि पुल निर्माण भएको भए बेलिब्रिज जडान गर्नु पर्ने थिएन । वर्षेनी सरकारको लाखौ रुपैया खर्च भैरहेको छ ।’ उनले भने ।

सुनकोशी ठेक्का मार्फत बेलिब्रिज जडान गरिएको यो समेत आठ पटक भएको उनले बताए ।‘ अहिले सम्म १० करोड जति बेलिब्रिजमा खर्च भएको छ । ’ उनले भने । सुनकोशीमा पक्कि पुल चाँडै नबने अझै केही वर्षसम्म बेलिब्रिजमा लाखौ रुपैया खर्च गर्नु पर्ने उनले बताए ।

झण्डै तिन दशक अघि निर्माण शुरु गरिएको गाईघाट–दिक्तेल सडक आयोजनाको उदयपुर तर्फ ५३ किमि सडक खण्डको १७ किमि मात्र कालो पत्रे गरिएको छ । कुल १ सय ३१ किमि सडक मध्ये खोटाङंतर्फको बाकी सडक खण्डमा समेत एकै साथ काम भैरहेको प्रमुख खकुरेलले बताए ।

                                              श्याम राई÷उदयपुर

गाईघाट, २ पौष 

गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गत सुनकोशीमा वर्षेनी अस्थायी बेलिब्रिज जडान गरिदा राज्यले ठूलो आर्थिक भार व्योहोर्नु परेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.