Websoft University

फरार रहेका सात प्रतिवादी एकै दिन पक्राऊ परे


श्याम राई÷उदयपुर गाईघाट, ७ पौष । रातो तारा डट कम, अदालतबाट कैद जरिवाना भै फरार रहेका सात प्रतिवादी एकै दिन पक्राऊ परेकाछन् ।

प्रहरीले बुधबार उनीहरुलाई घरमा लुकेर बसेको अवस्थामा पक्राऊ गरेको हो ।

पक्राऊ पर्नेहरुमा त्रियुगा नगरपालिका–२ खैजनपुर बस्ने वर्ष ३० का दिलिप चौधरी, वर्ष ३३ का राजिन चौधरी, वर्ष ३३ का विरेन चौधरी, वर्ष ३५ की रीता चौधरी,  वर्ष ३२ की पवित्रा चौधरी र वर्ष ३४ की दुर्गा चौधरी रहेकाछन् । 

जिल्ला अदालत उदयपुरले उनीहरुलाई जनही १ लाख ३६ हजार ६ सय ६७ रुपैया जरिवानाको फैसला गरेको थियो ।

त्यसैगरि ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलिले लागू औषध मुद्दाका एक प्रतिवादीलाई पक्राऊ गरेको छ । अदालतबाट २०७७ साल ११ महिना २३ गतेको फैसलाले १० महिना १५ दिन कैद भै फरार रहेका बेलका नगरपालिका–७ मैनामैनीका १८ वर्षिय अशोक राईलाई प्रहरीले पक्राऊ गरेको हो । पक्राऊ परेका उनीहरुलाई आवश्यक कार्यवाहीको लागि अदालतमा बुझाईएको प्रहरीलेजनाएको छ ।





                                              















Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.