Websoft University

आरोहण गुरुकुलमा बुधबार देखि ‘खरानीको डोरी’ मञ्चन हुँदै

 

विराटनगर । रातो तारा डट कम, आरोहण गुरुकुल (सुशिला कोइराला नाटकघर) विराटनगरमा प्रसिद्ध लोक लयमा आधारीत ‘खरानीको डोरी’ नाटक मञ्चन हुने भएको छ । विराट आदर्श आहित्य मञ्चको पाँचौ प्रस्तुतीको रूपमा उक्त नाटक भोली बुधबार ४ बजेबाट मञ्चन हुने छ । 

नाटकमा विराटनगरका विभिन्न स्कुल कलेजमा पढ्ने विद्यार्थीको अभिनय रहेको छ । खरानीको डोरीको नाट्य रूपान्तरण कटवाल दीपकले गरेका हुन भने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका हुन । 

नाटकमा प्रदिप दाहाल, अनिल खत्री, अतित निरौला, विकल्प दाहाल, विकेश बस्नेत, पुजा कटवाल, दीक्षा तिमल्सिना, तिर्थराज विश्वकर्मा, सुगल अधिकारी, निर्जल पौडेल र नगेन्द्र खड्काको अभिनय रहेको छ । 

विराटन आदर्श साहित्य मञ्चको आयोजनामा मञ्चन हुन गइरहेको नाटकमा मोरङ हिसान र प्याब्सन विराटनगरले सहकार्य गरेका छन् । 

अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको मञ्चका अध्यक्ष कटवाल दीपकले बताए ।  भोली बुधबार ४ः३० बजेबाट नाटक मञ्चन हुने उनले जानकारी दिए । 

नाटक भोली बुधबार ८ गते बाट १७ गते सम्म मञ्चन हुनेछ । बिहिबारबाट हरेक दिन १०ः३० बजे र १२ः३० बजे गरेर दैनिक दई सो नाटक मञ्चन हुने उनले बताए ।  नाटक हेर्नका लागि विद्यार्थीका लागि १ सय र अन्य व्यक्तिका लागि २ सय शुल्क राखिएको उनले बताए । 

मञ्चले यो भन्दा अगाडी ‘मुनामदन’, ‘छिँडीभरीको आकाश’ लगायतका नाटक सफतापूर्वक मञ्चन गरिसकेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.