Websoft University

एनप्लस प्रोफेसनलका ६ सौन्दर्य सामाग्री सेलेब्रेटीहरुद्धारा सार्वजनिक

 


काठमाडौं । रातो तारा डट कम,संचारकर्मी तथा भिडियो निर्देशक रहेकी विना श्रेष्ठ एनप्सल प्रोफेसनका लागि ब्राण्ड एम्बेसडर रहेको ६ सौन्दर्य सामाग्री सार्वजनिक गरिएको छ  । सेलेब्रेटीहरुको उपस्थितीमा सौन्दर्य सामाग्री सार्वजनिक गरिएको हो ।

सौन्दर्यका सामाग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दीनी हर्वल प्रालीले उत्पादन गरेको हो । केही महिना अघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका कारण ढिलो गरी सामाग्री सार्वजनिक गर्नु परेको कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले बतार्ए ।

सौन्दर्य सामाग्रीहरुको परिक्षण र निरिक्षणमा सरकारले चाँसो नराख्दा नक्कली सामाग्रीहरु बजारमा आइरहेकाले सचेत रहन एनप्लस प्रोफेसलनका क्षेत्रीय बजार व्यवस्थापक पदम शर्माले आग्रह गरे ।

विशेष गरि महिला सौन्दर्यमा बढि प्रभावकारी हुने सौन्दर्य सामाग्री केही सेलेब्रेटीहरुको बीचमा सार्वजनिक गर्न पाएको भन्दै सौन्दयको क्षेत्रमा पनि ब्राण्डले सहयोग गर्दै जाने एनप्सल प्रोफेसनले बताइएको छ ।

उत्पादनको लागि नेपालका लागि ब्राण्ड एम्बासडर रहेकी विनाले पनि सस्तो, लोकप्रिय र गुणस्तरीय सामाग्री सौन्दयताको लागि उपयुक्त भएको बताईन् । नयाँ उत्पादनहरुमा अण्डर आमक्रिम, अण्डर आइक्रिम, रेटोनल सिरम, प्योर मिनिमाइजर सिरम, स्मुथिङ स्याम्फु र स्मुथिङ कन्डीस्नर सार्वजनिक गरिएका हुन् ।

नयाँ सौन्दर्य सामाग्री सार्वजनीक कार्यक्रममा पूर्व मिस नेपाल इभाना मानन्धर, गायक आनन्द कार्की, धिरज राई,  गायिका रेखा शाह, अभिनेत्री शर्मिला मल्ल, नायिका एलिजा गौतम लगायत सेलेब्रेटीहरुको उपस्थिती रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.