Websoft University

प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण

  


विराटनगर, १७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा २ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १२, उर्लाबारीमा २, पथरीशनिश्चरे र उर्लाबारीमा १–१, झापाको मेचीनगरमा ३, भद्रपुर र विर्तामोडमा २–२, हल्दिबारी र बाहृदशीमा १–१,  सुनसरीको इटहरीमा २ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.