Websoft University

नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्यो


काठमाण्डौ मंसिर १५ गते । रातो तारा डट कम, सरकारले कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । हिजो मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको जानकारी दिनुभयो । बैठकले नेपाल विद्युत प्रधिकरण कृष्णनगर शाखा कार्यालय भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय भएको छ । यस्तै, प्रशोधित घाँसको व्यावसायीक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्य अनुरूप नेपाल र चीनबीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गर्ने निर्णय पनि भएको छ । यस्तै सरकारले रेडियो सञ्चार लाइसेन्स पाचौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.