Websoft University

होटलबाट नगद सहित ६ जना जुवाडे पक्राउ

 

झापा, २०७८ मंसिर ५ गते । झापा दमक नगरपालिका ४ स्थितमा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट नगद सहित ६ जना जुवाडेहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ती गाउँपालिका ३ का ४५ बर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका ४ का ४७ बर्षीय शेर वहादुर कार्की, सोही स्थानका ५३ बर्षीय रेवत वुढाथोकी, ४६ बर्षीय चेत बहादुर कुँवर र  दमक नगरपालिका ९ का ४६ बर्षीय रविन श्रेष्ठ रहेका छन् । हिजो राती साढे १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ५६ हजार ३५०, एक बुङ तास सहित उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.