Websoft University

अष्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि हात पार्यो

काठमाण्डौ कार्तिक २९ गते । रातो तारा डट कम, अष्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा गएराति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो । अष्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी विश्वकपको उपाधि जितेको हो । न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियालाई जित दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.