Websoft University

फरार रहेको अपराधी पक्राउ


काठमाडौ कात्तिक २२ गते । रातो तारा डट कम, कपिलबस्तु बुद्धभूमी नगरपालिका वडा नं. ९ चम्पापुर कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा ।

मृतकको विवरण  जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिका वडा नं। ११ बाबा बनगाईकी अं बर्ष ३५ की चिन्का लोनिया मृतक गाउँबाट हराएको मिति९पछि थाहा हुन आएको २०७८।०५।१५ गते ।

मुद्दा कर्तव्य ज्यान 

पक्राउ परेको अभियुक्त स्जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिका वडा नं। ११ बाबा बनगाई बस्ने बर्ष ४५ को राम केवल लोनिया ।

अभियुक्त पक्राऊ मिति २०७८।०७।१९ गते बिहान अंदाजी ०८.०० बजेको समयमा जिल्ला कपिलवस्तु बुद्धभुमि न।पा। वडा नं। ९ डुमरा ।

घटनाको बिबरण

मिति २०७८।०६।१७ गते अ।१५. ०० बजेको समयमा जिल्ला कपिलबस्तु बुद्धभूमी नगरपालिका वडा नं। ९ स्थित चम्पापुर कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला परेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट प्रहरी टोली उक्त घटनास्थलमा खटिई जाँदा पूर्व पश्चिम महेन्द्र राजमार्गबाट ५०० मिटर उत्तरतर्फ उक्त जंगलमा मानव कंकाल (खप्पर, हड्डीहरु ) भुईमा भेटिएको, हरियो रङको एक जोर चप्पल, साडीमा माटो लागेको अवस्थामा साडी लट्पटिएको शवको हड्डीका केही भागहरु फेला परेको थियो भने तत्काल पहिचान खुलेको थिएन ।

 मिति २०७८।०६।२६ गते ईलाका प्रहरी कार्यालय गोरुसिङेमा ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता भई अनुसन्धान भई रहेकोमा मिति २०७८। ०७।०७ गते जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिका वडा नं। ११ बाबा बनगाई बस्ने बर्ष १८ की पुनिता लोनियाले ईलाका प्रहरी कार्यालय गोरुसिङेमा गई उक्त घटनास्थलमा फेला परेका दशीहरु, सामग्री र मृतकसँग सम्बन्धित  चप्पल, कपडाहरु हेरी निजको आमा चिन्का लोनियाको हो भनि सनाखत गरेकी ।

 उक्त घटना सम्बन्धमा मृतकको गाउँ घरमा गई गोप्य रुपमा बुझ्दै जाँदा कर्तव्य गरी निजकै श्रीमानले मारी वारदात पश्चात नेपाल भारत सिमा क्षेत्रमा लुकीछिपी बस्दै आएको भन्ने बुझिन आएपश्चात निज मृतकको श्रीमान राम केवल लोनियालाई खोज तलास गर्ने क्रममा मिति २०७८।०७।१९ गते बिहान अंदाजी ०८. ०० बजेको समयमा जिल्ला कपिलवस्तु बुद्धभुमि न।पा। वडा नं। ९ डुमराबाट ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कर्तव्य ज्यान मुद्धा शिर्षकमा सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्विकृत लिई अनुसन्धान कार्य भई रहेको । 

अभियुक्तको भूमिकास्(  श्रीमती चिन्का लोनियाले पर पुरुषसंग अवैध सम्बन्ध राख्ने गरेको कुरामा शंका गरी श्रीमतिलाई सम्झाउँदा सोही विषयलाई लिएर श्रीमान श्रीमति बिच दैनिक कलह झै झगडा हुने गरेको र निजसंग सम्बन्ध विच्छेद माग्दा सम्बन्ध  विच्छेद नदिईएकोले श्रीमतिलाई नै मारिदिन्छु भनि योजना बनाई मिति २०७८।०५।१५ गते श्रीमतिलाइ फकाई फुल्लाई जिल्ला कपिलबस्तु बुद्धभूमी नगरपालिका वडा नं।९ चम्पापुर स्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा बाती काट्ने काठ लिन जानलागेको बहानले लगी बाती काट्नको लगेको हसियाले कर्तव्य गरी मारी घटनामा प्रयोग भएको उक्त हँसिया बेल नदीमा फाली आफू भारत तर्फ भागेकोछ ।














प्रतिवादी राम केवल लोनियाको फोटोस(















Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.