Websoft University

लेटाङमा प्रस्ताब, माइन्युट लेखन तथा उद्घोषण तालिम सम्पन्न


 शिव भट्टराई,मोरङ। मोरङको लेटाङमा प्रस्ताब, माइन्युट लेखन तथा उद्घोषण तालिम सम्पन्न भएको छ । गुडलक एजुकेशन तथा ट्रेनिङ सेन्टर प्रा लि इटहरीको आयोजना तथा लेटाङ नगरपालिकाको सहयोगमा लेटाङ नगरपालिकाका ९ वटै वडाबाट सहभागी भएका ५० जनालाई तालिम प्रदान गरिएको हो । तालिमको अन्तिम दिन लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा विषेश कार्यक्रम गरि तालिमको समापन गरिएको छ ।

समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्रका साथै तालिम पुस्तिका समेत वितरण गरिएको छ । कार्यक्रमा बोल्दै नगर प्रमुख राईले नगरपालिकाले नगरबासीको क्षमता विकासका लागि यस प्रकारका कार्यक्रमहरु आगामी दिनमा समेत सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा समेत उतारेर तालिमलाई उपलब्धिमुलक बनाउन आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले निकै महत्वपूर्ण विषयमा तालिम प्रदान गरिएको भएपनि तालिम मात्र पर्याप्त नहुनेभन्दै यसलाई निरन्तर अभ्यास गरेर अघिबढ्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, लेटाङ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण लुइँटेल, लेटाङ ३ का वडाध्यक्ष देवराज चाम्लिङ, वडा नम्बर ४ का वडाध्यक्ष सन्तोष कार्की, लेटाङ नगरपालिका योजना शाखा प्रमुख भूपेन्द्र खनाल, लेटाङ ९ का वडासदस्य कमला राई, लेटाङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोपाल बारकोटी, नेपाल पत्रकार महासंघ मोरङका सहसचिव प्रशान्त निरौला तथा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीकाका संचालक रेवती निरौलाले संचालन गर्नुभएको थियो भने सोही संस्थाका संचालक वसन्त रेग्मिको अध्यक्षता रहेको थियो भने स्वागत मन्तव्य गुडलक एजुकेशनका भाषा प्रशीक्षक श्याम भट्टराईले राख्नु भएको थियो । ३ दिनसम्म सञ्चालन भएको तालिममा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, योजना शाखा प्रमुख भूपेन्द्र खनाल तथा सप्तकोशी एफएमका सम्पादक लिलाराज भट्टराईले सहजिकरण गर्नुभयो । तालिममा प्रस्ताव लेखन, माइन्यूट लेखन, प्रतिवदेन लेखन, उद्घोषण र बजेट कार्यान्वयन तथा भुक्तानी लगायतको विषयमा प्रशिक्षण दिइने  गुडलक एजुकेशनका रेवती निरौलाले जानकारी दिनुभयो । तालिमको उद्घाटन भने लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.