Websoft University

अन्तिम नतिजा आज साँझसम्ममा आउने


काठमाण्डौ मंसिर ८ गते । रातो तारा डट कम, नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार आज साँझसम्ममा सबै जिल्लाबाट अन्तिम नतिजा आउने छ । हिजो सम्म ६० जिल्लामध्ये ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको उहाँले बताउनुभयो । देशभरीका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आउँदो २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.