Websoft University

वेमौसी वर्षाको कारण उदयपुरमा २१ करोड ५३ लाख मूल्य बराबरको धान बाली नष्ट


 श्याम राई- उदयपुर १५ कार्तिक। वेमौसी वर्षाको कारण उदयपुरमा २१ करोड ५३ लाख मूल्य बराबरको धान बाली नष्ट भएको छ ।

कृषि ज्ञान केन्द्र उदयपुरले वडा, वडाबाट संकलन गरेको तथ्याकं अनुसार १ हजार ३८ मेट्रिक टन धान पूर्णरुपमा क्षती भएको छ । सरकारले हालै तोकेको धानको मूल्य अनुरुप ३ करोड ६१ लाख २६ हजार रुपैया बराबरको क्षती भएको कार्यालय प्रमुख गणेश चौधरीले बताए ।

त्यसैगरि ३ हजार २ सय १२ मेट्रिक टन धान मध्यम क्षती भएको छ । प्रचलित मूल्य अनुरुप ८ करोड ६७ लाख बराबरको क्षती भएको छ । जिल्लामा कुल ४० प्रतिशत मध्ये २५ प्रतिशत धान आंशिक रुपमा क्षति भएको छ । मूल्यको आकडा अनुरुप क्षति ९ करोड २५ लाख बराबर भएको ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।

यो वर्ष १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान लगाईएको प्रमुख चौधरीले बताए । वेमौसी हावाहुरी र वर्षाले कोदो र फापर खेतीलाई समेत ठूलो क्षति प्याएको छ । जिल्लामा झण्डै २४ लाख बराबरको कोदो र ३० हजार मूल्य बराबरको कोदो र ३० हजार मूल्य बराबरको फापरमा क्षति पुगेको ज्ञानकेन्द्रले जनाएको छ ।

वर्षाले पाक्ने बेलामा कोदो र फापरलाई क्षति पु्यायको चौधरीले बताए । त्यसैगरि ३३ हेक्टरमा लगाएको तरकारी बालीलाई समेत वर्षाले क्षति पु्याएको छ ।

कटारी नगरपालिकामा धान, कोदो, फापर र तरकारीगरि ७ सय ७३ हेक्टर, त्रियुगामा ८ सय ९८ हेक्टर, बेलकामा धान, तरकारीगरि १ हजार ७ सय २४ हेक्टर र चौढण्डीगढी नगरपालिकामा १ हजार ५ सय हेक्टर क्षेत्रफलको धानमा क्षति पुगेको तथ्याकंमा उल्लेख छ । त्यसैगरि लिम्चुङ्गबुङ्ग गाउँपालिकामा ६० हेक्टर, ताप्लीमा ४० हेक्टर, उदयपुरगढीमा ३ सय हेक्टर र रौतामाई गाउपालिकामा धान, कोदो र जुनेलीगरि २ सय ६२ हेक्टरमा क्षति पु्याएको छ ।


गाईघाट, १५ कार्तिक


बास काट्ने क्रममा करेन्ट लागेर उदयपुरको रौतामाई गाउँपालिकाको खमारेमा आईतबार एक जनाको मृत्यु भएको छ ।

घर नजिकैको बासघारीमा बास काट्दै गर्दा विद्युत पोलको तारमा बासले छुदा करेन्ट लागेर ४१ वर्षिय डम्बर वहादुर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मगरको शबको सोमबार जिल्ला अस्पताल उदयपुरमा पोष्टमार्टमगरि आफन्तलाई जिम्मा लगाईएको छ




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.