Websoft University

दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जना पक्राउ


सुनसरी, २०७८ असोज २५ गते । रातो तारा डट कम, सुनसरीको ईटहरी उप(महानगरपालिका(६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन्  ।

सो स्थानमा दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा  प्रादेशिक अनुसन्धान समूह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीवाट  खटिएको प्रहरी टोलीले खोटाङ रावावेशी गाउँपालिका(४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका(४ का ३२ बर्षीय श्याम कुमार लिम्बुलाई ३ केजी दुर्लभ बनस्पती यार्सागुम्बा सहित आईतवार पक्राउ गरेको हो । यार्सागुम्बा सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.