Websoft University

फरार प्रतिबादी पक्राउ

 


विराटनगर, २०७८ असोज १७ गते । रातो तारा डट कम, १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT समुहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाको र बैदेशिक रोजगार ठगी कसूर मुद्धामा कसुरदार ठहरी फरार भएका २ जना प्रतिबादीहरुलाई आज पक्राउ गरि सम्मानित अदालतमा पेश कारागार चलान गरेको छ । केही सार्वजनिक अपराध मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०७२ चैत ११ गतेको सजाय निर्धारण फैसला आदेशले रु.२,०००/- जरिवाना भई लगत नं.- ५६४९  नकवजनी चोरी मुद्दामा मिति २०६८ भदौ २९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १महिना २  दिन  कैद तथा रु.६,०००/- जरिवाना भई लगत नं.- ३५०९ मा  कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका मोरङ  बिराटनगर महानगरपालिका ८ का ३४ बर्षीय अजय रायलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरि अदालतमा दाखिला गरेको तथा सम्मानित मोरङ जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको हो । यसै गरी सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७२ चैत १ गतेको फैसला आदेशले क्रमशः ३ बर्ष कैद तथा रु.३,००,०००/- जरिवाना भई  लगत नं.- ७१८७ मा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला सुनसरी धरान उपमहानगरपालिका  ९ घर भई हाल धरान  ७ का ३४ बर्षीय रबिन बोगटीलाई पक्राउ गरि अदालतमा दाखिला गरेको तथा सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.