Websoft University

मादी हत्याको आरोपीलाई थुनामा राख्न अदालतको आदेश


 मोहन कुमार राई÷असोज १९ गते । रातो तारा डट कम, संखुवासभा, मादी नगरपालिका वाडा नं. १ उम्लिङ , खोलागाउँ स्थित एकै परिवारको ६ जनाको कर्तव्य गरी हत्या गरेको घटनामा पक्राउ पर्नेहरुलाई पुर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालत संखुवासभाले आदेश गरेको छ ।

घटनामा संलग्न पक्राउ पर्ने मादी नगरपालिका वडा नं. १ वस्ने खड्गबहादुर कार्की, लोकबादुर कार्की, रणबहादुर कार्की, हस्तबहादुर कार्कीलाई पुर्पक्षको लागि थुनामा राख्न कारगार कार्यालय खाँदबारी, संखुवासभा र बाल बिज्याई कर्ता नाम परिवर्तन “संखुवासभा १” लाई बालसुधार गृह बिराटनगर पठाउने आदेश भएको हो ।

गत भाद्र २१ गते मादी नगरपालिका १ को खोलागाउमा घटेको घटनाको अनुसन्धान प्रतिवेदन सहित अजोज १५ गते जिल्ला सरकारी वकिल कार्यालय संखुवासभा, चैनपुरमा पेश भएकोमा जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत चैनपुरमा असोज १७ गते  अभियोग साथ उपस्थित गराई थुनछेक बहस भएको थियो । असोज १८ गते सोमबार सम्मानित जिल्ला अदालत चैनपुर, संखुवासभाको आदेशले प्रतिवादीहरु मध्ये ४ जना खड्गबहादुर कार्की, लोकबादुर कार्की, रणबहादुर कार्की, हस्तबहादुर कार्कीलाई थुनामा राख्न कारागार कार्यालय खाँदवारी संखुवासभा, बाल बिज्याईकर्ता नाम परिवर्तन  “संखुवासभा १” लाई बालसुधार गृह बिराटनगर पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकृत प्र.नि. शुभेश अधिकारीले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.