Websoft University

पाँचपोखरीले कुण्डसहितका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनका लागि ट्रेल रेस प्रतियागिता गर्ने

काठमाण्डौ असोज २४ गते । रातो तारा डट कम, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाको पाँचपोखरीले कुण्डसहितका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनका लागि ट्रेल रेस प्रतियागिता गर्ने भएको छ । बागमती प्रदेश खेलकूद विकास परिषद् र पाँचपोखरी खेलकूद विकास समितिद्वारा संयुक्त रुपमा ‘पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन–२०२१’ आयोजना हुन लागेको हो । 

पाँचपोखरीसँगै आमायाङ्ग्री, ढुक्पु, मेन्जुङ, मानम, अमिलोपानी, ड्रुखाङ, हवेली, ड्रागन गुफा, नागीडाँडा, रैथानेश्वरी, च्योच्यो डाँडाको प्रर्वद्धन गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले यसअघि पनि यस्ता प्रतियोगिता गरेको थियो । 

पहिले प्रतियोगिता आयोजना गरेपनि गतको वर्ष कोरोनाका कारण स्थगित गरिएको गाउँपालिकाले जनाएको छ । म्याराथनमा १ सय ५० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.