Websoft University

प्रदेश १ मा १२६ जनामा कोरोना संक्रमण

 


विराटनगर, २१ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण भएको छ । ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा ५, इलाममा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १४, दमकमा ६, कनकाईमा ५, अर्जुनधारामा ४, मेचीनगर र शिवसताक्षीमा ३–३, भद्रपुर र कमल गाउँपालिकामा २–२  र झापा गाउँपालिकामा १, मोरङको विराटनगरमा १८, उर्लाबारीमा ४, कानेपोखरी, सुन्दरहरैचा, कटहरी र सुनबर्षीमा १–१, सुनसरीको धरानमा ५, इनरुवामा ४, इटहरीमा ३, गढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, इलामको चुलाचुली र मांसेबुङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४४ महिला र १२४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.