Websoft University

पीडित पुन: भेटघाट (Victim Revisit) कार्यक्रम २०७८ को शुरुवात


मोरङ, २०७८ असोज ४ गते । रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय मोरङले पीडितसँग पुन: भेटघाट (Victim Revisit) कार्यक्रम २०७८ को शुरुवात गरेको छ ।

गत असोज १ बाट शुरु गरिएको उक्त कार्यक्रममा प्रहरीले पिडीतहरुको घरमानै गएर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श
प्रकृयाको जानकारी र पिडकलाई कानूनी कारवाही सम्बन्धमा जानकारी गराउने लक्ष्यका साथ सो कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


पीडक (कसुरदार) लाई कानून बमोजिमको दण्ड दिनुसमाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानून बमोजिम उचित न्यायीक उपचार उपलब्ध गराउने उद्देश्यका साथ पीडित मैत्री वातावरण सिर्जना गर्दैपीडक र निजको पक्षबाट पीडितलाई हुन सक्ने दवावप्रभाव तथा हस्तक्षपलाई रोक्नपीडितलाई सुरक्षित अनुभूति गराउनपीडितको पिडा कम गर्दै आत्मबल अभिवृद्धि गर्नु र नेपालको संविधान २०७२ को धारा २१ र अपराध पीडित संरक्षण ऐन २०७५ को परिच्छेद २ मा ब्यवस्था भए अनुसार अनुसन्धान सम्बन्धि सूचनाको अधिकारन्यायिक कारवाही सम्बन्धि सूचनाको अधिकारक्षतिपूर्ती तथा सामाजिक पुन:स्थापनाको अधिकारदण्डहिनताको अवस्था सृजना हुन नदिन तथा पीडित न्याय प्रणाली कायम राख्न पीडितसँग सम्पर्क गरी पीडितलाई कानून बमोजिम सहयोग गर्न आवश्यक देखिएकोले सो कार्यक्रम संचालन गरिएको छ ।

पीडित पुन: भेटघाट (Victim Revisit) कार्यक्रम२०७८ शुरूवातको क्रममा २०४२ साल भाद्र १८ गते भएको खुन डाका मुद्दाका पीडित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-३ का ८५ बर्षीया धर्मध्वज थापा क्षेत्रीसँग जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जि.सी. सहितको प्रहरी टोलीले भेटी पीडित पुन: भेटघाट कार्यक्रम शुरू गरियो थियो । उक्त घटनामा संलग्न रही फरार रहेका जिल्ला मोरङ कटहरी गाउँपालिका ७ तकिया बस्ने ८७ बर्षीय उजारू चौधरी थारू र सोही स्थानका ५० बर्षीय शिवना सरदार वातरलाई ३६ बर्ष पछाडी गत भदौ ९ गते पक्राउ गरी कानूनी कारवाही भएको जानकारी गराउँदा निज धर्मध्वज थापा क्षेत्रीले लामो समय पछि पनि न्याय पाएकोमा खुशी ब्यक्त गरेका छन् ।  

जिल्ला प्रहरी कार्यालय मोरङ लगायत मोरङ मातहत रहेका ईलाका प्रहरी कार्यालय रानीरंगेलीसिजुवाउर्लाबारीपथरीलेटाङ र बेलबारी समेतले यो कार्यक्रमलाई शुरुवात गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.