Websoft University

खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ


झापा, भदौ २९ गते । रातो तारा डट कम, 
झापाको बिर्तामोड ३ स्थितबाट लागु औषध खैरोहिरोईन  ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भिमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु  रहेका छन । हिजो राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकल लाई ईलाका प्रहरी कार्यालय अनारमनि बाट खिटएको प्रहरी टोलीले नियन्त्रणमा लिई  चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो । पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाइ समेत पक्राउ गरी दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.