Websoft University

युवा वर्ष मोती पुरस्कार विजेता नवोदितलाई झोराहाटको सम्मान

 


विराटनगर । रातो तारा डट कम, झोराहाट नाट्य समूहले कवि एवं पत्रकार मीनकुमार नवोदितलाई सम्मान गरेको छ । हालै नेपाल सरकारबाट युवा वर्ष मोती पुरस्कार प्राप्त गरेका नवोदितलाई बधाईसहित नाट्य समूहले सम्मान गरेको हो । 

काठमाडौंभन्दा बाहिर बसेर निरन्तर रुपमा कलम चलाइरहेका नवोदितले नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार प्राप्त गरेकाले खुसी व्यक्त गर्दै थप हौसला बढाउन सम्मान गरिएको झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं ‘बर्बरिक’ले बताए । “अरुको प्रगति र खुसीमा झोरहाट नाट्य समूह सधैं खुसी हुन्छ,” गुरागाईंले भने, “नवोदितजीले जुन पुरस्कार प्राप्त गर्नु भएको छ, त्यो काठमाडौंभन्दा बाहिर रहेर साहित्य सिर्जना गरिरहेका हामी सबैका लागि गर्वको कुरा हो । हामी आफैं सम्मानित भएको महसुस गरेका छौं ।” 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राज्ञ विवश पोखरेलले ढाका टोपीसहित दोसल्ला ओढाएर नवोदितलाई सम्मानपत्र प्रदान गरेका थिए । पत्रकारिता र साहित्यलाई सँगसँगै अगाडि बढाइरहेका नवोदितको केही हप्ताअघि रत्न पुस्तक भण्डार काठमाडौंले ‘समयको बयान’ कवितासङ्ग्रह बजारमा ल्याएको छ । उक्त कवितासङ्ग्रह नवोदितको तेस्रो कृति हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.