Websoft University

मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाईते

 


झापा, २०७८ भदौ २२ गते । झापा कचनकवल गाऊपालिका ६ बिशाल बस्ति नजिक भित्री सडक खण्डमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाईते भएका छन् । हिजो बेलुका ८ बजे पुर्व तर्फ जादै गरेको मे१०प ५३८९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे८प २१३७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका २१३७ नम्बरको मोटरसाईकल चालक सोही स्थानका ३७ बर्षीय सोम दाहाल B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको छ भने ५३८९ नम्बरको मोटरसाईकल चालक सोही पालिका ५ का २६ बर्षीय करण राजबंशी र पछाडी सवार कचनकवल ३ की १८ बर्षीया जयमती राजबंशी घाईते भई उपचार भईरहेको छ । दुर्घटना भएका दुवै मोटरसाईल ईलाका प्रहरी कार्यालय बनियानी झापाको नियन्त्रणमा रहेको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.