Websoft University

संखुवासभामा एकै परिवारका ६ जना मृत अबस्थामा फेला

 


संखुवासभा, २०७८ भदौ २१ गते । संखुवासभा मादि नगरपालिका १ उमलिङ स्थितमा एकै घरपरिवारको छ जना मृत अबस्थामा फेला परेका छन् । आज बिहान पौने १० बजे उक्त स्थानमा मानिसहरु मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय चैनपुरमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई बुझ्दा छ जना मृत अबस्थामा फेला परेका हुन । मृत अबस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ बर्षीया पार्वती कार्की, ५२ बर्षीय  तेज बहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया  रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्की रहेकी छन् । घटनास्थल ईलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पुर्व रहेको साथै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरि रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.