Websoft University

कुष्ठरोग सम्बन्धि अन्तरक्रिया कार्याक्रम सम्पन्न–महानगरमा ५१ जना कुष्ठरोगी फेला परे,


बिराटनगर असोज ५ गते । रातो तारा डट कम,स्वास्थ्य कार्यलय मोरङले कुष्ठ सम्बन्धि पत्रकारहरुसंग एकदिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना बिराटनगरमा आज गरेको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुसंग कुरा गर्दै,स्वास्थ्य कार्यलय मोरगका टिभी, एचआइभी, र कुष्ठरोग, शाखाका अधिकृत मलिकचन्द राजवंशीले यहाबाट ४५ जना कुष्ठरोगीहरुलाई पैचान गरी उपचार गराइ सकेको बताउनु भएको थियो ।


कुष्ठरोग जन्मिएको ४ वर्ष उमेर समुह देखि माथिका सबै महिला पुरुषहरुलाई लाग्न सक्ने रोग हो । यसको बेलैमा पैचान गरि नियामित औधषी सेवन उपचार गरे निको हुने रोग हो । 

यो कुष्ठरोग मानिसमा मात्र लाग्ने रोग भए पनि बिदेशमा एक प्रकारको मुसा जातिको खुट्टामा पनि अनुसधानका क्रममा कुष्ठरोकका किटाणुहरु फेलापारेको उल्लेख गरिएको छ । यो रोग मानिसको छाला नसामा लाग्ने रोग भए पनि कुष्ठरोग मानिसको सरिरमा भएका फुस्रा र रातो टाटा जस्ता नदुख्ने नचिलाउने दाग र दागमा फोका फेला परे यसैलाई आधार बनाएर पैचान गर्न सकिने रोग हो । यो रोगको लक्ष्णमा मानिसका कानका लोति मोटाउनु खुट्टा झम, झम, गर्न थाल्नु पनि हो । 

कुष्ठरोग खास गरी २ प्रकारका हुन्छन् धेरै किटाणु धेरै दागहरु भएका र कम किटाणु भएका कुष्ठरोगीलाई उपचारमा अहिले एकै प्रकारको औषधि प्रयोग गर्ने गरेको छ । मोरङको ७३ स्थानहरुबाट कुष्ठरोगीहरुलाई औषधी बितरण भइरहेको छ भने अव देखि सरकारले कुष्ठरोगीहरुको आफै रेकट राख्ने काम सुरु गरेको समेत अन्तरकृय कार्यक्रममा जानकारी गराइएको थियो ।

सरकारले गरेको रोकथामको प्रयासले ६० प्रतिसत देखि ८० प्रतिसत सम्म रोक थाममा सफलता हातपरेकोछ । मोरङमा आव ०७६÷०७७ मा ९७ जना र आव ०७७÷०७८मा १३१ जना कुष्ठरोगी फेलापरेकाले यो वर्ष ११६ जना थपिएका हुन । 

कुष्ठारोगीहरुको मोरङमा अवस्था– 

रंगेलीमा ८ रतुवामाइमा ८ सुनवर्सीमा ६ उल्लावारीमा ६ सुन्दरहरैचामा ७ बुडिगंगामा १ धनपालमा ६ ग्रामथानमा १ जहदामा ४ कानेपोखरीमा ५ र सबै भन्दा धेरै महानगर बिराटनगरमा ५१ जनामा यो कुष्ठरोग देखिएको बताएको छ । कुष्ठारोगको बारेमा मानिसहरुलाई सहजक बनाउन प्रचार प्रसारमा जोड दिनु पर्ने पनि यहा अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागिहरुले औल्याएका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.