Websoft University

रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु


ईलाम, २०७८ असोज ८ गते ।  रातो तारा डट कम,इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर बहादुर तामाङ रहेका छन् । हिजो बेलुका पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी  रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न  गएको अवस्थामा अचानक गाडी पछाडी सर्न गई किचेर घटनास्थलमानै मृत्यु भएको थियो । पिक अप र चालक इलाम सन्दकपुर गाऊपालिका २ माइपोखरी का ३० बर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय ईलामको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.