Websoft University

एमसीसीका उपाध्यक्ष फातिमा सुमार हिजो काठमाडौँ आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत काठमाडौँका बिभिन्न स्थानमा कालो झण्डा देखाउदै भएको विरोध प्रदर्शनक्रममा ३५ जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गर्यो,

 


काठमाण्डौ भदौ २५ गते । रातो तारा डट कम, अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को टोलीले काठमाडौँ आएसँगै उच्चस्तरीय भेटघाट सुरु गरेको छ । एमसीसीका उपाध्यक्ष फातिमा सुमार लगायत टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएको छ । 


हिजो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी टोलीले भेट गरेको थियो । एमसीसीको कार्यान्वयनको अवस्थाका बारेमा टोलीले राखेको जिज्ञासामा नेकपा एमालेका अध्यक्ष ओलीले भने सरकारले निर्णय गरेपछि मात्रै आफ्नो पार्टीले धारणा बनाउने जवाफ दिनुभएको छ । 

सत्तामा हुँदा आफूले एमसीसी सम्झौता पारित गर्ने प्रयास गरेको र प्रमुख प्रतिपक्षी भूमिकामा गएको जानकारी गराउँदै अहिलेको सरकारले यस बारेमा निर्णय गरेपछि पार्टीले धारणा बनाउने ओलीले बताउनुभएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताउनुभयो । माओवादी केन्द्र, नेकपा एमाले लगायतका दलहरूभित्र पनि एमसीसीको विरोध र समर्थन हुँदै आएको छ । 

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ र गिरिराजमणि पोखरेलले संसोधन नगरी एमसीसी पारित गर्न नहुने बताएका छन । एमसीसीका उपाध्यक्ष फातिमा सुमारलाई काठमाडौँ आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत काठमाडौँका बिभिन्न स्थानमा हिजो युवाहरुले कालो झण्डा देखाउदै,एमसीसी फिर्ता लैजा भन्दै नारा जुलुस लगाउदै बिरोध प्रदर्शन गरेका थिए । 

यसरी बिरोधमा उत्रिएका युवाहरु करिव ३५ जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको थियो । दैनिक काठकाण्डौ लगाएत देशका बिभिन्न ठाउमा एमसीसीको बिरोध गर्दै आम नेपाली जनता सडकमा उत्रिएका छन । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.