Websoft University

 


श्याम राई÷उदयपुर   गाईघाट, ८ असोज। रातो तारा डट कम,सामाजिक संजाल मार्फत विभिन्न व्यक्तिहरुबाट पैसा ठगी गरेकोआरोपमा प्रहरीले शुक्रबार एक युवालाई पक्राऊगरेकोछ ।

भाईवर, ईमो र ह्वाटसफको दुरुपयोगगरि विभिन्न व्यक्तिहरुलाई चिठ्ठा परेको भन्दै म्यासेन्जर र फोन मार्फत नगद ६ लाख १ हजार ५० रुपैया ठगी गर्ने सिराहा नगरपालिका–८ का २९ वर्षिय सरोज कुमार दासलाई उदयपुर प्रहरीले गाईघाट बजारबाट दिउँसो पक्राऊ गरेको प्रहरी नायब उपरिक्षक वेद प्रसाद गौतमले बताए । दासले पर्सा जिल्लामा विभिन्न व्यक्तिहरुलाई ठगी गरेर रकम उठाएका थिए । रकम ठगी गर्न उनले भाईबर, इमो मार्फत चिठ्ठा परेको भन्दै सूचना दिएर उनीहरुबाट रकम लिएको उजुरी परेपछि यादबको व्यापक खोजी भएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यवाहीको लागि पठाईएको डि.एस.पी गौतमले बताए ।









Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.