Websoft University

संगीतकार शम्भुजीत र नव गायक किशोरको नयाँ गीत मेरी प्रेयसी

 


काठमाडौं, ४ असोज। रातो तारा डट कम,बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको शब्द सँगीत र नव गायक किशोर पाण्डेको स्वरमा नयाँ गीत मेरी प्रेयसी...बजारमा आएको छ । यो गीतको भिडियो आईतबार बेलुका काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ ।

यो गीतको भिडियो आकर्षक बनेको छ । भिडियोलाई पनि संगीतकार बासकोटाले नै निर्देशन गरेका हुन् । गीतको भिडियोलाई शम्भुजीत सेभेन नोट्स युट्युव च्यानलबाट रिलिज गरिएको हो 

यो गीतको भिडियोमा अभिनेता दिवस उप्रेती र अभिनेत्री बेनिशा हमालको अभिनय रहेको छ । उनीहरुको अभिनय राम्रो छ । जसमा गायक पाण्डे पनि प्रस्तुत भएका छन् ।

दुई वटा गीत आफ्नो स्वरमा रेकर्ड गराएका यी नवोदित गायकले अर्को गीत पनि चाँडै रिलिज गर्ने बताए । स्कुले जीवन देखिनै गीत गाउने शौख भए पनि ब्यबसायबाट अबकास लिँदै गरेको अहिलेको अबस्थामा बल्ल आफु गायनमा लागेको पाण्डेले भिडियो सार्वजनिक कार्यक्रममा बताए ।

किशोरको स्वर निकै मिठो भएकाले पर्यटन पेशाबाट फुर्सद निकालेर उनलाई गायनमा ल्याएको संगीतकार बासकोटाले बिमोचन कार्यक्रममा बताए । गायनमा लाग्ने चाहना पहिलादेखि नै भए पनि अहिले किशोर पाण्डेलाई गायनमा ल्याउन पाउँदा आफुलाई खुसी लागेको पनि बासकोटाले बताए । किशोर पाण्डे नेपालका कुशल पर्यटन व्यबसायी हुन् । उनी होटल, पर्यटन, अटोमोवाईल ब्यबसायमा स्थापित छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.