Websoft University

१८ वर्षीया किशोरी कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

  


विराटनगर । रातो तारा डट कम, नेपाली कांग्रेसको अधिवेशनमा युवाको आकर्षण बढेर गएको छ । धेरै ठाउँमा २० वर्षभन्दा मुनिका युवाहरू क्षेत्रीय प्रतिनिधि, बुथ सभापतिसहित विभिन्न पदमा निर्वाचित भएका छन् । 

विराटनगर–१२ बाट १८ वर्षीय किशोर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन् । विराटनगर–१२ की रक्षा यादव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनी मेडिकल विषयकी विद्यार्थी हुन् । वडा अधिवेशनबाट निर्वाचित भइसकेपछि यादवले भनिन्, “देश र समाजको सेवा गर्ने उद्देश्यले राजनीतिमा लागेको हुँ । मेरो पारिवारिक वातावरण पनि राजनीति नै छ ।” उनले हजुरबुवा, बुवालगायत सबै परिवार नै राजनीति क्षेत्रमा आबद्ध रहेको सुनाइन् । 

सर्वसम्मत निर्वाचित भएकी यादवले कांग्रेसमा नयाँ पुस्ताको सहभागिताका लागि भूमिका खेल्ने बताइन् । यादवले राजनीति र पढाइलाई सँगसँगै अगाडि बढाउने योजना सुनाइन् । राजनीतिलाई सेवाका रुपमा नलिएसम्म देशको विकास नहुने उनको विचार छ । “अहिले राजनीतिलाई सेवाभन्दा पनि पेशाका रुपमा लिने गरिएको छ,” यादवले भनिन्, “त्यही भएर पनि राजनीतिमा विकृति बढ्दै गएको छ ।” यसैबीच, हरिनारायण यादवको नेतृत्वमा विराटनगर–१२ मा नयाँ नेतृत्व चयन भएको छ । वडा अधिवेशनमार्फत यादवसहित पदाधिकारी, सदस्य, क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.