Websoft University

गृहमंत्री बालकृष्ण खाँडले सप्तकोशीको कटान रोक्न सरकारले हरसंभब प्रयास गर्ने बताए


श्याम राई÷उदयपुर  गाईघाट, १९ भदौ । रातो तारा डट कम, गृहमंत्री बालकृष्ण खाँडले सप्तकोशीको कटान रोक्न सरकारले हरसंभब प्रयास गर्ने बताएकाछन् ।


उदयपुरको बेलका नगरपालिका–८ स्थित टप्पु क्षेत्रमा सप्तकोशीले गरेको कटानको स्थलगत निरीक्षण गर्दै उनले सो कुरा बताएकाछन् ।

कोशीले वर्षेनी उदयपुरतर्फको पश्चिम क्षेत्रमा कटान गर्दै आएको छ । तर सरकारी स्तरबाट नियन्त्रणको कुनै प्रयास हुन सकेको छैन ।’’ उनले भने ।‘ अब यो सरकार कोशी कटान नियन्त्रणमा सक्रियता पूूर्वक अघि बढ्छ ।’

उनले कोशी संझौता अनुसार कोशी कटान नियन्त्रणमा भारतसँग तत्काल कुटनैतिक पहल थाले र सरकारले अल्पकालिन र दिर्घकालिन योजना बनाएर काम शुरु गर्न लागेको बताए ।

मंत्री खाँडसँगै कटान निरीक्षण गर्न पूर्व मंत्री मोहन वहादुर बस्नेत, शेर वहादुर तामाङ्ग, गृह सचिब टेक नाथ पाण्डे सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुको टोली प्रभावित क्षेत्र पुगेका थिए ।

मंत्री सहितको टोलीलाई बेलका नगरपालिकाका प्रमुख दुर्गा कुमार थापाले कोशीले झण्डै १० हजार हेक्टर उर्वर भूमी कटान गरेकोले सरकारले कटान नियन्त्रण गर्न दिर्घकालिन योजना बनाएर काम शुरु गर्न माग राखेका थिए । उनले कोशी संझौता अनुरुप भारत सरकारले नदीको दुबै तर्फ तटबन्ध निर्माण गर्नु पर्नेमा सुनसरीतर्फ मात्र गरेकोले कोशीले वर्षेनी उदयपुरतर्फमात्र तिब्र रुपमा कटान गर्दै आएको बताए ।

सप्तरीको भारदहदेखि बेलकाको सेती खोला, दोभानसम्म बाध निर्माण नहुदा बेलका नगरपालिका–३ स्थित चिलिया टापु, श्रीलंका टप्पु, सिसौली, एविसि टापु, रामनगर, भागलपुर, क्रान्ति टोल, वाहुनडाँडा र कोशी टप्पु बाढी र डुवानबाट प्रभावित हुदै आएको छ ।












Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.