Websoft University

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त


काठमाण्डौ भदौ ३ गते । रातो तारा डट कम, नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँ वाग्मती प्रदेशको मुख्यमन्त्रीमा हिजो नियुक्त हुनुभएको हो । मुख्यमन्त्री डोरमणी पौडेलले हिजो नै एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । शाक्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट निर्देशन आएसँगै पौडेल राजी भएर राजीनामा दिनुभएको हो  । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिएको थियो । बाग्मती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ ।  उहाँले  कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गर्नुभएको हो  । हाल बाग्मतीमा नेकपा एमालेको एकल बहुमत छ । 

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.