Websoft University

डेन्टल एसोसिएसन मोरङमा डा. प्रेक्षा दली र महासचिवमा डाक्टर मिरा आचार्य निर्वाचित


विराटनगर  भदौ ५ गते । रातो तारा डट कम, डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा दली निर्वाचित भएकी छिन् । डा. प्रेक्षा गोलाप्रथाद्वारा निर्वाचित भएकी हुन् ।

विराटनगरमा शनिबार सम्पन्न भएको निर्वाचनमा डा. प्रेक्षा र उनकी प्रतिस्पर्धी डा. नुतन नौलाखे समान २४÷२४ मत ल्याएकी थिइन् । एसोसिएसनमा ५० जना सदस्य भएपनि ४८ मत खसेको थियो । दुई जना सदस्य उपस्थित भएनन् । डा. प्रेक्षा र डा. नुतनले समान २४÷२४ मत पाएपछि अध्यक्ष गोला प्रथाबाट निर्वाचन गर्ने निर्वाचन समितिले निर्णय गरेको थियो । सोही अनुसार डा. प्रेक्षा गोलाप्रथाबाट नेपाल डेन्टल एसोसिएसन मोरङको दुई वर्ष कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएकी हुन् ।

यसअघि सर्वसम्मतबाट एसोसिएसनको नयाँ नेतृत्व चयन हुदै आएको थियो । अन्य पदमा सर्वसम्मत रूपमा पदाधिकारी र कार्यसमिति चयन भएपनि अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो । अहिलेसम्मको इतिहासमा नेपाल डेन्टल एसोसिएसन मोरङमा निर्वाचनको पद्धतिबाट अध्यक्ष निर्वाचन गरेको पहिलो पटक हो ।

एसोसिएसनको उपाध्यक्षमा डा. बिवेक सिंह, महासचिवमा डा. मिरा आचार्य,कोषाध्यक्षमा डा. पवन मेहता, सह–सचिबमा डा. विशालराज जोशी सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरू डा. प्राचि भगत, डा. निलेश कुमार देव, डा. अमिन कुमार सिंह र डा. आदित्य साह पनि सर्वसम्म रूपमा चयन भएका छन् ।

सबैलाई समेटर अगाडि बढ्छु ः डा. प्रेक्षा दली नेपाल डेन्टल एसोसिएसन मोरङको नवनिर्वाचित अध्यक्ष डा. प्रेक्षा दलीले सबै डेन्टल चिकित्सकहरूलाई समेटर अगाडि बढ्ने बताइन् । उनले नयाँ सदस्य विस्तार गर्दै  चिकित्सकहरूको हकहितमा आफू लाग्ने बताइन् ।

 ‘लामो इतिहास बोकेको नेपाल डेन्टल एसोसिएसन रहेको छ । अहिलेसम्म समाजमा परिचित हुन सकेको छैन,’ डा. प्रेक्षाले भनिन्, ‘नेतृत्वमा आएको छु । सम्पूर्ण डेन्टल चिकित्सकहरूको हकहितमा सँधै लाग्छु,’ उनले भनिन् । डा. प्रेक्षाले सचेतना अभियान पनि संचालन गर्ने बताइन् । ‘अहिले पनि डेन्टलमा आएका जुनियर डाक्टरहरु छन् ।

उनीहरूलाई एसोसिएसनमा ल्याउन पहल  र प्रयत्न गर्नेछु,’ उनले भनिन्, ‘नयाँ पुस्ताका डाक्टरहरूलाई पनि मोटिभेट गरेर यस संघमा ल्याउन पहल र प्रयत्न गर्नेेछु ।’ डा. प्रेक्षा यसअघि पनि एसोसिएसनको कोषाध्यक्ष भइसकेकी छिन् । उनको कार्यकालमा पनि एसोसिएसनमा राम्रो काम भएको डेन्टलका चिकित्सकहरू बताउँछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.