Websoft University

वीपी प्रतिष्ठानकै उजुरीहरु अख्तियारमा पर्ने गरेको अख्तियारमा पर्ने गरेको छ


धरान भदौ १ गते । रातो तारा डट कम,भ्रष्टचार र चिकित्सक आन्दोलनका कारण विगत दुई महिना देखि नेपाली सन्चार माध्यममा हट केक वन्दै आएको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै हप्ता पुन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले छापा मारेर अर्को तरङ्ग उत्पन्न गरी दिएको छ ।   

हुन त प्रदेश न १मा सवै भन्दा वढि वीपी प्रतिष्ठानकै उजुरीहरु  अख्तियारमा पर्ने गरेको अख्तियार सुत्रले वताएको छ ।  अख्तियारले पनि दुई वटा मुद्धालाई विशेष अदालत सम्म पुर्याई सकेको छ ।  ती मध्ये तत्कालिन उपकुलपति प्राडा राज कुमार रौनियारको कथित स्टीङ्ग अप्रेशनवाट प्राप्त ८ लाख नगद सहितको मुद्धा सर्वौच्च अदालत वाटै खारेजीको संघारमा पुगेको छ । यसै गरी तत्कालिन उपकुलपती प्राडा वलभद्र दास लगायत रजिष्टार कुल वहादुर र अन्य अधिकृत, कर्मचारी व्यापारीहरुलाई करोडौको अनियमितता गरेको प्रमाण सहित  दुई वर्ष अधि विशेष अदालतमा मुद्धा दायर गरेको थियो । जुन मुद्धाको सुनुवाई वहस सकेर फैसलाको प्रतिक्षामा रहेको छ । तर सुनवाई भएको ३ महिना विति सक्दा पनि फैसला नहुनुले अख्तियारको प्रयास कतै हाति आयो हाति आयो फुस्सा त हुने होईन भन्ने आशंका उठन थालेको कर्मचारीहरु वताउछन ।  

यसै गरी उपकुलपती डा दास र डा रौनियारलाई भ्रष्टाचारको मुद्धा परेर दुवै जना निलम्वन भए पछि ढेड वर्ष अधि उपकुलपति भएर आएका डा ज्ञानेन्द्  गिरीको पालामा झन धेरै आर्थिक अनियमितता हुन थाले पछि प्रतिष्ठान भित्र वाहिरवाट प्रतिष्ठान शुद्धिकरणको लागी भनेर आन्दोलन नै शुरुभएको छ । आन्दोलन शुरु भएको झण्डै दुइ महिना भई सक्दा प्रधानमन्त्री कार्यालयले एक छानवीन समिति नै वनाएको थियो जुन समितिले ४८ पृष्ठको प्रतिवेदन नै तयार पारेर वुझाई सकेको छ । अहिले आन्दोलनकारीहरुले उपकुलपती लगायत रजिष्टार रेक्टर र अस्पताल डाईरेकटरको राजिनामा मागि रहेका छन । जुन माग पुरा गराउन धरानका माओवादी,नेपाली काग्रेस र जनता समाजवादी पार्टिका प्रतिनिधीहरुले यसै हप्ता प्रधानमन्त्री ,स्वास्थ्य  तथा जनसख्या राज्य मन्त्री समेतलाई काठामाण्डौ पुगेर भेटि सकेका छन । भेटको क्रममा कुलपती तथा सहकुलपती समेत रहेका प्रधानमन्त्री शेर वहादुर देउवा र स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले वर्तमान पदाधिकारीहरुलाई डा वैेकुण्ठ आचार्यको कार्यदलले दिएको प्रतिवेदनको आधारमा कार्वाहि गर्ने आश्वसन दिएर पठाएका छन । अझ स्वास्थ्य राज्य मन्त्रीले त नैतिकताको आधारमा राजिनामा दिएर सहयोग गर्न पदाधिकारीहरुलाई अनुरोध नै गरेका छन ।यसै वीच प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गोैरी शंकर शाहले अन्य तिन जना पदाधिकारीले राजीनामा दिन्छ भने आफुले पनि दिन तयार रहेको विज्ञप्ती मार्फत जानकारी गराएको छ । तर कुनै कसुर पुष्टी नभई आन्दोकारीले मागेको भरमा राजिनामा गराउन नमिल्ने भएकोले  प्रतिष्ठानको सिनेट वैठकले ऐन नै सशोधन गरेर भए पनि राजिनामा गराउन भनि  स्थानिय राजनीतिक दलहरुले चर्को दवाव दिईरहेकाछन । यसरी दवाव दिनेहरुमा खास गरी  नेपाली काग्रेसका सुनसरी जिल्ला समिति ,नगर प्रमुख तिलक राई र जनता समाजवादी दलका नेताहरु लागी परेका छन । जवकी यस अधिका नेपाली काग्रेस निकट उपकुलपती डा रौनियार र डा वलभद्र दास को भ्रष्टचार मुद्धामा यि दुवै पार्टिका स्थानिय नेताहरुले कुनै चासो दिएका थिएनन ।  यस पटक भने अस्पताल निर्देशक वाहेक अन्य सवै वाम रुझानका पदाधिकारी भएकोले उनीहरुको राजिनामा मागेर फेरी आफनै  कार्यकर्ता भर्ने मेलो त हैन भनि नागरीक समाजका अगुवाहरुले शंका व्यतm गर्न थालेका छन । 

दोलनकारीहरु माथी नेै कार्वाहिको माग 

यदि प्रतिष्ठान भित्र  साच्चिकै शुद्धिकरण अभियान थाल्ने हो भने प्रतिष्ठान र नेपाल सरकारको   ऐन नियम अनुसार अस्पताल जस्तो अति आवश्यक कार्यालयमा एक घण्टा पनि वन्द गर्न पाईन्दैन । तर यो प्रतिष्ठानमा विभिन्न माग सहित पदाधिकारीहरुको राजिनामो माग गर्दै आन्दोलन गरेको झण्डै दुई महिना विति सकेको छ । यसै वीच आन्दोलनकारी चिकित्सक, विधार्थी कर्मचारीहरुले चार जनै पदाधिकारीको कार्यालय र सवारी साधनमा ताला लगाएको छ । दिनहु नारा जुलुस धर्ना र आकष्मिक सेवा वाहेक अन्य सेवाहरु पनि केहि दिन ठप्प पारेका थिए । कोरोना महामारीको वेला अस्पताल जस्तो सम्वेदनशील कार्यालयमा यसरी महिनौ दिन सम्म हडताल जुलुुस गर्नेहरुलाई पनि कार्वाहि हुनु पर्ने माग नागरीक समाजले अख्तियारमा निवेदन दिएको वताएका छन ।  यदि नियम कानुन सवैको लागी समान हो भने प्रतिष्ठान शुद्धिकरणको नाममा हडतालीहरुले अस्पताल वन्द गरेर सर्वसाधारण विरामीहरुलाई दिएको सास्तीको पनि कानुनी उपचार हुनु पर्छ भनि निवेदनमा उल्लेख गरेको छ । हैन भने आन्दोलनवाट पदाधिकारीहरुको मात्र राजिनामाको माग राख्ने अनि प्रधानमन्त्री मन्त्रीले पनि त्यसमा हो मा हो मिलाउने हो भने भोली प्रतिष्ठानको पदाधिकारी वन्न कोहिपनि इच्छुकवन्ने छैनन । किन भने यो गलत नजिर ले भोली फेरी आफुलाई मन नपरेको पदाधिकारीहरु विरुद्ध चिकित्सक कर्मचारीहरु  आन्दोलन गरेर हठाउने प्रथा कायम रहने छ ।  यदि पदाधिकारीहरुले गलत गरेको छ भने सरकारको नियमनकारी निकायहरुले छानवीन गरेर कसुर सावित गरेर मात्र निकाल्न पाईने व्यवस्था छ । तर यहा शुद्धिकरणको नाममा प्रतिष्ठान भित्रकै केहि कर्मचारीहरु र स्थानिय राजनीतिक दलहरु वाट फेरी अर्को अशुद्ध कामहरु हुनु लाई स्थानिय नागरीक समाजले भने पचाउन नसकेको कुरा उल्लेख गर्दै  देशभतm नागरीकको नाममा उजुरी हालेको छ । आन्दोलनमा उत्रिएका चिकित्सक सधका सह सयोजक विष्णु पोख्रेलले उपकुलपतीको विरोधमा आफनो फेसवुकमा लेखे पछि पोख्रेललाई उपकुलपतिले स्पष्टिकरण लिन पत्र पठाएका थिए । तर उनले स्पष्टीकरण दिनुको सटा सारा चिकित्सव विधार्थीहरुलाई भेला गरेर आन्दोलनको थालनी गरेका थिए ।   तर प्रतिष्ठानका वहालवाल उपकुलपतीको विरोधमा जथाभावी फेसवुकमा लेख्दा स्पष्टिकरण सोध्ने अधिकार चाहि उपकुलपतीलाइ हुन्छ ।

यस वाट के स्पष्ट हुन्छ भने प्रतिष्ठान भित्र चिकित्सक कर्मचारी र विधार्थीहरुमा पनि अनुशासन हराउदै गएको र राजनितिक पार्टिकोदाउपेचको अखडा वन्दै गएको देखिन्छ ।यो कुरा प्रतिष्ठानमा उपकुलपति भएर आएको दुई महिना पछि नै पत्रकारहरुलाई डा गिरीले वताएका थिए ।  वर्तमान पदाधिकारीहरु मध्ये पनि उपकुलपती , अस्पताल निर्देशक र यस अधि कावा उपकुलपति भएर काम गरी सकेका वर्तमान शिक्षाध्यक्ष गुरु खनालको कार्यकालमा पनि आर्थिक अनियमितता गरेको देखिएको कुरा पत्रपत्रिका देखि डा वैकुण्ड आचार्य कार्यदलको प्रतिवेदनमा पनि इृगित गरेको छ । हाल अख्तियारले छापा मारेर सवै कागजातहरु कव्जामा पनि लिई रहेको छ । तर आन्दोलनकारीहरुलआन्दोलन फिर्तालिएको छैन ।  यसवाट के प्रश्न उठन थालेको छ भने आन्दोलनकारीहरुले भने जस्तो हालका सवै पदाधिकारीहरुलाई निकाले पछि अर्को पदाधिकारीहरु कस्लाई राख्ने ? राजनीतिक मान्छेले नै फेरी पनि पदाधिकारीहरुको नियुतिm गर्ने भएकोले नया आउने पदाधिकारी सवै राम्रै हुन्छ भने आन्दोलन कारीहरुले त्यसको जिम्मेवारी लिन सक्छ त ? भनि निवेदनमाउल्लेख गरीएकोछ ।  कर्मचारीहरुलाई पनि कार्वाहिको माग 

 प्रतिष्ठानको शुद्धिकरणको लागी चार पदाधिकारीहरुको राजिनामाको माग गर्दै आएका कर्मचारी सगठनका पदाधिकारीहरुलाई पनि प्रतिष्ठानमा वन्द हडताल जुलुस गरेको अभियोगमा कार्वाही चलाउनु पर्ने माग पनि उठन थालेको छ । 

प्र तिष्ठान भित्रको नेपाली काग्रेस निकट कर्मचारी कल्याण समितिले हालै एक विज्ञप्ती निकाली वैकुण्ठ आचार्य कार्यदलको प्रतिवेदन अनुसार चार पदाधिकारीहरुको राजिनाको माग गरेकोछ । प्रतिष्ठान भित्र हडताल जुलुस वन्द गर्न नपाईने प्रतिष्ठानकै ऐनको विरोधमा गएर कर्मचारीहरुले वन्द हडताल गर्ने समितिलाई पनि कार्वाहि गरी विघठन हुनु पर्ने माग कर्मचारीहरु भित्रै वाट उठन थालेको छ । 

  कर्मचारी कल्याण समितिका अध्यक्ष  उमेश थापा  स्वयम प्रतिष्ठानमा अधिकृत रहेका छन ।  तर उनी लगायत केहि अधिकृतहरु आफनै प्रतिष्ठानको विधान विपरीत राजनितिक दलका स्थानिय नेता नैरहेका छन ।  

काम गर्देै हिडेकोले  उनीहरुलाइ पनि कार्वाहि गर्नु पर्ने माग उठन थालेको छ ।  अध्यक्ष थापा  विगत ४ वर्ष देखि नेपाल रेडक्रस सोसाईटि सुनसरीका सभापति छन भने ४ वर्ष अधि उनले प्रतिष्ठानमा जागिर खादाखाद कोशि टप्पु वन्यजन्तु आरक्षण का अध्यक्ष पनि वनेका थिए ।  उनी पनि प्रतिष्ठानमा विरलै उपस्थित हुन्छन । प्रतिष्ठानमा विधुतिय उपकरणवाट उपस्थित हुने व्यवस्था छ तर उनले यस्तो जटिल प्रकृयालाई पनि पचाउदै आएका छन ।  अहिले सम्म कसैले सोधखोज गर्न नसकेको कारण कार्वाहि वाट वच्दै आएका  तर उनी नेपाली काग्रेस क्रियाशिल सदस्य पनि रहेका छन ।  

प्रतिष्ठानको  नियमावलीमा स्पष्ट लेखिएको छ “कुनै पनि शिक्षक कर्मचारीहरुले आफ्नो पदमा बहाल गरी कुनै पनि राजनैतिक दल वा संगठनको सदस्यता कायम राख्न वा ग्रहण गर्न वा राजनितिकमा भाग लिन हुदैन । त्यसो गरे सो पदबाट प्राप्त हुने सबै सुविधाहरु स्थागित रहेको मानिनेछ ” तर त्यस्ता कर्मचारीहरुलाई कारर्वाही गरेरको रेकर्ड छैन । यसरी प्रतिष्ठान भित्र राजनितिक पार्टिका सदस्यहरुले कर्मचारी कल्याण समितिहरुको नाममा पदाधिकारीहरुलाइ धक्याएर आफनो पार्टि र आफनो अनुकुल काम गर्ने गराउने कृयाकलाप वढन थाले पछि यहा वोल्नेको पिठो विक्ने नवोक्नेको चामल पनि नविक्ने् भन्ने सन्देश कर्मचारी भित्र वढन थालेकोले प्रतिष्ठान शुद्धिकरणमा यो पनि हडन आवश्यक भएको कर्मचारी ने वताउछन ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.