Websoft University

काठमाडौँमा भोलि देखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने


काठमाण्डौ भदौ १० गते । रातो तारा डट कम, काठमाडाँैमा भोलिदेखि आइतबारसम्म कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा त्यो भन्दा माथिका समूहका सबैलाई दोस्रो मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप लगाउन पाउने छन् । काठमाडौँका सबै पालिकामा १ सय ४६ खोप केन्द्रका राखिएको छ । 

यस्तै काठमाडाँै महानगरपालिकामा बस्नेका लागि भन्दै थप आठ खोप केन्द्र थपिएका छन् । राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा पुगेर खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जानकारी गराएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.