Websoft University

‘मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२’ को ट्यालेण्ट राउण्ड सम्पन्न


काठमाडौँ । रातो तारा डट कम,: एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिस एण्ड मिसेस ईण्डिजिनियस -२०२१ सिजन-२ को ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ  । ट्यालेण्ट राउण्डमा २५ जना प्रतियोगीहरूले आफ्नो आफ्नो ट्यालेण्ट प्रस्तुत गरेका थिए । आदिवासी जनजाति समुदायका अविवाहित र विवाहित महिलाहरूको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिदैं आएको कुरा संस्थाकि अध्यक्ष शान्ता लामा तामाङ बताइन ।

ट्यालेन्ट राउण्डमा गायक निर्णय एनएसके, सौन्दर्यकर्मी चेसाङ तामाङ, नायक रोशन फ्युबा, गीतकार अशोक तामाङ, डान्स कोरियोग्राफर केशब थापा,कलाकार अनिता नेगी तामाङ,समाजसेवी आकृति तामाङ, संगीतकार सैलेश श्रेष्ठ, मोडल रश्मि गुरुङ र समाजसेवी पुजा गुरुङ    निर्णायक रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्रि सिता गुरुङ र बिसेष अतिथिहरुमा पूर्व राज्य मन्त्रि माननीय दिलमान पाख्रिन, संचारकर्मी सुर्य चन्द, इभेन्ट अर्गनाइजर टेकराज पाण्डे, समाजसेवी तिल बहादुर कार्की, ब्यबसायी तथा समाजसेवी मिलन शर्मा र समाजसेवी अम्बिका अर्याल रहेका थिए। 

 

आदिवासी जनजाति विवाहित तथा अविवाहित महिलाहरूमा क्षमता भएर पनि सधैँ पछि परेका तथा आफूलाई एक्सपोज गर्न डराईरहेका महिलाहरूलाई लक्षित गर्दै उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाकि अध्यक्ष शान्ता तामाङ लामाले बताइन् । प्रतियोगीहरुलाई नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरूबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजक शान्ताले बताइन ।

 

उक्त प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेतसहभागिता हुनपाउनेछन् । ‘मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२’ को ग्राण्ड फिनाले चाडैंनै काठमाडौँमा सम्पन्न हुने कुरा आयोजकले जानकारी गराएका छन्। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.