Websoft University

सुनसरी प्रहरीले १ महिनाको अबधीमा २३८ जना फरार प्रतिबादी पक्राउ

 


सुनसरी, श्रावण-२६ गते । रातो तारा डट कम,

जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अबधीमा बिभिन्न मुद्धाका २३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् ।

श्रावण १ गते देखी हाल सम्म सम्मानित सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी सम्मानित जिल्ला अदालतमा पेश गरेको हो । कर्तव्य ज्यानडाँकाअपहरण तथा शरिर बन्धककुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैया जरिवाना समेतअसुलभएकोछ ।

सुनसरी प्रहरीको फरार पक्राउको यस अभियानले अपराधीक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द लक्षित छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन भन्ने सन्देश यो अभियानलेदिएको छ ।

फरार प्रतिबादी पक्राउका क्रममा मिति २०६६ बैशाख १६ गते आफ्नी नातिनी ५ वर्षीया सोशिला कुमारी खत्वेलाई घाटी वटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडी फरार रहेका वसन्त खत्वे समेत रहेका छन् । उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाटट जन्म कैद सजाय तोकिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.