Websoft University

कोरोनाका कारण व्यवसायी संकटमा पर्न थाले पछि पलाई हुन सुरु


काठमाण्डौ भदौ ३ गते । रातो तारा डट कम,कोरोना भाइरसको महामारिले देशका साना व्यावसायी संकटमा पर्न थालेका छन । अहिले सरकारले कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण व्यवसाय ठप्प जस्तै भएको छन । 

देशका साना ठुला शहरहरुमा लाखौँ लगानी गरेर व्यापार व्यवसाय गरेका व्यावसायीहरु कोरोनाको संक्रमणकाकारण पछि करोडौं घाटा बेहोर्न बाध्य भएका छन् । ऋण गरेर व्यवसायमा लागेकाहरु मध्ये केही बिस्थापित भैसके भने कोही बिकल्पको खोजीमा रहेका छन् । रौतहटका सुमित कुमार शाहले ६ बर्ष अघि काठमाडौंको न्युरोडमा फलफूल पसल खोल्नुभयो । ५ लाखको लगानीमा सुरु भएको पसल राम्रो चलेको थियो ।

 घर खर्च, छोराछोरीको पढाईलेखाइ र बचत पनि राम्रै थियो । अचानक कोरोना महामारी फैलियो । यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण उहाँको व्यवसाय ठप्प भएपछी पसलको भाडा तिर्न नसकेर अहिले सुमितले सडकमै व्यापार थालेको बताए । 

यो एउटा उदाहरणमा हो अहिले देशैभरी यसै प्रकारले व्यवसायीहरु पलाईनको बाटो रोज्न थालेका छन । केहिले यस्तो अवस्थामा सरकारले केहि गरिदिए हुने आसा पनि नबोकेका होइनन् तर सरकार अहिले सत्ताको खेलमा रुमलिएकाले सरकारबाट जनताले आस गर्नु पनि बेकारै भइसकेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.