Websoft University

नेपाली काँग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने


काठमाण्डौ साउन ३० गते । रातो तारा डट कम, नेपाली काँग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । हिजो केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । 

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधिका रूपमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा पनि लागू हुनुपर्ने माग गर्दै राजीनामाको घोषणा गरेको आमन्त्रित केन्द्रीय नन्दनकुमार दत्तले बताउनुभयो । 

दत्तसहित कुमार खड्का, बालकृष्ण पाण्डेय, आनन्द (गोरख) विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे,  गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी, मनोहरनारायण श्रेष्ठ, ध्रुव वाग्ले, मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ, अभिषेक प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर (विश्व) गुरुङ, दिलीप राई, आशाराम चौधरी र राजेन्द्रबहादुर सिंहले राजीनामा दिएका हुन् । 

आमन्त्रित केन्द्रीय सदस्यहरुको मागप्रति सभापति शेरबहादुर देउवा सकारात्मक देखिनुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमति जनाउनुभएको छ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.