Websoft University

पहिरोले विस्थापित स्थायी बसोबास नहुँदा टेन्ट र टहरामै बस्नुपर्ने बाध्यता


काठमाण्डौ असार १७ गते । रातो तारा डट कम,सिन्धुपाल्चोकमा जुगल गाउँपालिकामा गत वर्षको पहिरोले विस्थापित भएकाहरूलाई स्थायी बासस्थान नहुँदा टेन्ट र टहरामै बस्नुपर्ने बाध्यता छ ।  उनीहरूका लागि सरकारले कुनै ठोस निर्णय नगर्दा प्रभावितहरु टहरामै बस्न बाध्य भएका हुन् । 

पहिरो गएको १ वर्षमा सरकारबाट स्थायी आवास बनाउन रकम विनियोजन भएपनि प्रभावितका लागि स्थायी बसोबास बन्न नसक्दा स्थानीयहरु पानि चुहीने टेन्ट र टहरामा बस्नु परेको छ । एक सय ७२ मध्ये ४० घरपरिवार मात्रै जुगल गाउँपालिका वडा नम्बर १ को बाँसखर्कमा टेन्ट र टहरामा बसिरहेका छन् । 

चिनियाँ टेन्टमा  बसेका आधा लिदीबासी अस्थायी टहरो नबनेकोले जोखिम मोलेर पुनः गाउँ फर्किएको स्थानिय साङ लामा दोङले बताउनुभयो । अस्थायी टहरो बनाउने सबै कागजपत्र तयार भएपनि  निर्माण कार्यसुरुभएकोछैन । पीडितका लागि दाताले दिएको बजेट पालिकाको खातामा बसेको छ । तर माथिल्लो निकायले चाँडो काम नगर्दा पीडितले दुःख पाएको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठको भनाई छ । 

एक वर्षदेखि दाताले दिएको राहतबाट भोक टारेका विस्थापितलाई आर्थिक समस्या पर्न थालेको छ । ठुलो परीवार एउटै टेन्टमा अटाउनुपर्दा महिला तथा किशोरीले  सहजता ब्यहोर्दै आएका छन् । विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले गत वर्षको पहिरोले विस्थापित भएका लिदि, बाह्रबिसे, बासखर्क र भोटेकोसीमा एक सय वटा टहरा बनाउने लक्ष्य अनुसार काम सुरु गर्ने जनाएको छ । तर मध्य बर्खा लाग्दा पनि काम सुरु भएको छैन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.