Websoft University

प्रदेश १ मा ३८२ कोरोना संक्रमित थपिए



विराटनगर, २८ असार । रातो तारा डट कम,प्रदेश १ मा आज ३८२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र ते¥हथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको भद्रपुरमा ४९, मेचीनगरमा ३३, दमकमा २१, विर्तामोडमा १८, अर्जुनधारा र हल्दिबारीमा ३–३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, गौरादह, बा¥हदशी, कनकाई , झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५२, बेलबारीमा ३३, पथरीशनिश्चरेमा १७, सुन्दरहरैचामा ९, बुढीगंगा, लेटाङ र उर्लाबारीमा २–२, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५२, इटहरीमा ४३, दुहवीमा ५ र इनरुवामा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा २, साँघुरीगढी, छथर र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, देउमाई र स्थानीय   तह नखुलेका १–१, ते¥हथुममा म्याङलुङमा १ र स्थानीइ तह नखुलेका २,  पाँचथरमा २, भोजपुरको भोजपुर नगरपालिकामा २,  उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ७९२, सक्रिय संक्रमितको संख्या ५ हजार ४६१ रहेको छ । आज २२७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ९५४ रहेको छ । प्रदेश १ मा आज ९९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७६ महिला र २०६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.