Websoft University

टिभीएस एनटक १२५ को सुपरस्क्वाड स्कुटी सार्वजनिक


 विराटनगर । रातो तारा डट कम, टिभीएस मोटर कम्पनीले टिभीएस एनटक १२५ को सुपरस्क्वाड स्कुटी सार्वजनिक गरेको छ ।

कम्पनीले आज विराटनगरको सो रुम न्यू गौरव अटोमा एक कार्यक्रमको आयोजना गरि सुपरस्क्वाड स्कुटी नेपाली बजारमा सार्वजनिक गरेको हो । सुपरस्क्वाडको डेमोक्रेटिक लयर्स एसोसियसन मोरङका अध्यक्ष रुपेश कोइरालाले सार्वजजिक गरेका छन् ।  न्यू गौरव अटोका अनुसार टिभीएस एनटक १२५ को सुपरस्क्वाड नेपाली बजारमा बिक्रीको लागि उपलब्ध छ ।

टिभीएस एनटक १२५ को सुपरस्क्वाड स्कुटीको सुरुवाती बजार मुल्य १ लाख ६६ हजार नौ सय ताएिको छ  । सुपरस्क्वाडको १ लिटरमा ४५ देखि ५० किलोमिटर माइलेज दिने न्यू गौरव अटोका मार्केटिङ मेनेजर निसान कटुवालले जानकारी गराए । अरु स्कुटी भन्दा डिक्की ठुलो र छरितो भएको कटुवालले बताए । कटुवालका अनुसार यो स्कुटीको लोगो र आइकनिक अभेन्जरको ए स्पष्ट रुपमा प्रन्ट प्यानलको लेग शिल्ड र स्पीडोमिटर मुनी राखिएको जनाए ।

टिभीएसले सुपरस्क्वाडबाहेक अपाचे आरटिएफ १६०–३२०, जुपिटर क्लासिक, विगो स्टाइकर र र्याडमलगायतका मोटर साइकल र स्कुटी बजारमा उपलब्ध छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.