Websoft University

अशक्त बृद्ध बृद्धाको लागि त्रियुगा नगरपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थाल्यो

 


गाईघाट २५ असार । रातो तारा डट कमअशक्त बृद्ध बृद्धाको लागि त्रियुगा नगरपालिकाले घरमै गएर सामाजिक सुरक्षा भक्ता उपलब्ध गराउन थालेको छ । बैकमा आएर भत्ता लिन नसक्ने त्यस्ता ब्यक्तिहरुको लागि नगरप्रमुख बलदेब चौधरीले शुक्रबार घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिएका हुन । गाईघाट स्थीत सनराईज बैक संगको सहकार्यमा नगरपालिकाले पहिलो पटक त्यस्तो सेवा सुबिधा उपलब्ध गराउन थालेको हो । बैकको कर्मचारीहरुसहित नगर प्रमुख चौधरीले नगरको बिभिन्न वडा पुगेर अशत्त बृद्ध बृद्धा लाइ भत्ता उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण थापाले बताए । बैक कर्मचारी संग मेयर चौधरीले अशक्तको घर ,घर पुगेर भत्ता बितरण गरे पछि उनीहरु दङग परेकाछन । लोक कल्याणकारि कार्यक्रम अन्र्तगत घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको सनराईज बैकका शाखा प्रबन्धक संजय गेलालले बताए । उनले बैकको आफनै नीति नियम भए पनि अपाङग, अशक्तहरुलाइृ घरमै पुगेर भत्ता बितरण गरिएको बताए । सनराईज बैकले त्रियुगा नगरपालिका वडा न ५ , ६ र ७ का करिब १ हजार ४ सय बृद्ध बृद्धा , बिधुवा , अपाङग र बालबालिका लाई भत्ता उपलब्ध गराउदै आएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.