Websoft University

एक वर्षमा ५२ वटा फर्म कारबाहीमा


विराटनगर साउन ५ गते । रातो तारा डट कम, वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक वर्षमा ५२ वटा व्यवसायिक फर्मलाई कारवाही गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेको मध्ये बदमासी गर्ने ५२ वटा फर्मलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योग र पसलहरू रहेका छन् । वाणिज्य कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरि ५२ वटा फर्मलाई कारवाही गर्दा १९ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी गराएको छ । गत वर्ष २२ वटा फर्म कारवाही गरेको थियो भने आर्थिक वर्षमा झण्डै तेब्बर कारवाहीमा परेका हुन् । आर्थिक वर्ष वाणिज्य कार्यालयले ठूला सम्पिङ्ग सेन्टरहरूलाई पनि कारवाहीको दायरमा ल्याएको छ । म्याद गुज्रिएको खाद्यबस्तु विक्री वितरण गर्नेदेखि खरिद गरेको भन्दा अत्याधिक मुनाफा गरि कालोबजरी गर्नेसम्म ठूला सम्पिङ्ग सेन्टरहरूलाई वाणिज्य कार्यालयले कारवाहीको दायरमा ल्याएको छ । आर्थिक वर्षमा ६ वटा ठूला व्यवसायिक फर्मलाई वाणिज्य कार्यालयले कारवाही गरेको हो । जसमा जैसानी टे«ड कन्सनलाई ३ लाख रुपैयाँ जरिवना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । यस्तै बिके मसाला उद्योग, सेन्टर बजार प्रालि, अंश लघु घरेलु उद्योग, विज्ञान फार्मेशी, बबिता सर्जिकल हाउसलाई जनही २ लाख रुपैयाँ जरिवना गरिएको वाणिज्यका निमिक्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिए । आर्थिक वर्षमा १ हजार ८ सय ३९ वटा नयाँ पर्म दर्ता भएका छन् । नविकरण÷ संशोधन ३ हजार ३ सय ६ र खारेजी २ सय वटा फर्म भएको वाणिज्य कार्यालये जनाएको छ ।  प्रदेश १ को १४ जिल्ला कार्यक्षेत्र भएपनि बिगतका वर्षहरूमा मोरङमा मात्र वािणज्यले अनुगमन गर्दै आएको थियो । तर आर्थिक वर्षमा मोरङ बाहेकका ६ जिल्लाहरूमा पनि बाणिज्यले अनुगमन गरेको छ । जसमा सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुरमा पनि बजार अनुगमन गरेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.