Websoft University

कोरोना प्रभावितका लागि सरकारले विशेष योजना ल्याउने भएको छ


काठमाण्डौ साउन ९ गते । रातो तारा डट कम,नेपाल राष्ट्र बैँकले नोबेल कोरोना भाइरस (कोभिड–१९) प्रभावित सर्वसाधारण नागरिक, उद्योगी, व्यवसायी लगायतको समस्यालाई केन्द्रीत गरी विशेष योजना ल्याउने भएको छ । आर्थिक तथा वित्तीय परिसूचकहरूको अध्ययन गरी कोरोनाले प्रभावित आर्थिक क्षेत्रको पुनरोत्थानमा सहयोग पु¥याउन योजना बनाइएको र केही दिनमा ल्याइने मौद्रिक नीतिमार्फत सार्वजनिक गरिने राष्ट्र बैँकका प्रवक्ताले जानकारी गराएका छन । मौद्रिक नीति पूर्व निर्धारित समयभन्दा केही ढिला हुन गएको उल्लेख गर्दै राष्ट्र बैँकले अबको केही दिनमा सार्वजनिक गर्नेगरी नीतिलाई अन्तिम रूप दिइएको जनाएको छ । यातायात व्यवसायी, उद्योगी लगायत सरोकारवाला निकायले आफ्ना माग र मुद्दाहरू सम्वोधन गर्नुपर्ने माग गर्दै हिजोआज मन्त्रीदेखि सम्बन्धित अधिकारीसँग भेटघाट गरिरहेका छन् । प्रवक्ता ढकालले सरोकारवाला मन्त्रालयसम्म पहुँच नभएका नागरिकका लागि पनि विशेष योजना ल्याइने बताउनुभयो । कोरोना प्रभावित उद्योग व्यवसाय क्षेत्रलाई पनि उच्च प्रभावित, मध्यम र कम प्रभावित क्षेत्रमा छुट्याएर राहत हुने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको राष्ट्र बैँकले जनाएको छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.