Websoft University

५ लाख भन्दा बढि नगद सहित सरसामानहरु चोरी गर्ने २ जना पक्राउ


मोरङ, असार ६ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनिहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभि थान(१, कानमा लगाउने झुम्का थान(३, ीऋम् टिभि थान(१, मोवाईल थान(२, फलामे कराई थान(१, फलामे औजार थान(४, चाँदीको सिक्री थान(१ र नेपाली नगद रू ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेष्ठ ९ गते विराटनगर ११ का बिनोद कुमार नुनियाले संचालन गरेको महाविर इलेकट्रिक पसलमा भेन्टिलेशन फुटाई नगद रु। ६५ हजार, गत जेष्ठ ११ गते विराटनगर १५ बैंकरोड का समिर लामाको धष्लभबचत पसलमा  राती झ्याल फुटाई नगद रु। ८९ हाजर १ सय ४५ र २ वाट मोवाईल, त्यसै गरी गत जेष्ठ १६ गते विराटनगर ९ महेन्द्र चौक स्थित अनिस रिजालले संचालन गरेको ल्भहत तभचmक भमगअबतष्यल खष्कब कभचखभक ढोका फुटाई धाराको टुटी ७ थान र गत जेष्ठ १५ गते विराटनगर ९ रामजानकी पथका बिरेन्द्र कुमार मण्डलले संचालन गरेको आभुषण ज्वेलर्स सुनचाँदी पसलबाट पछाडी छतबाट पसलमा प्रवेश गरी सुन २४ ग्राम, चाँदीको पुजाको भाडा ३५० ग्राम, नगद रु। १७ हजार र ग्याँस सिलिण्डर थान १ चोरी गरेको खुलेकोछ । पक्राउ परेका द्धय चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.