Websoft University

ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप लगाउने


काठमाण्डौ असार ९ गते । रातो तारा डट कम, ललितपुर महानगरपालिकाले आज ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ७७ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको खोप लगाउने निर्णय गरेको हो ।

महानगरले ७७ वर्ष माथिका दुई हजार २२० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो। खोप बुधबार बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुनेछ। यसका लागि महानगरपालिकाले आठ वटा खोप केन्द्र तोकेको छ । ललितपुर वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५, १७ र १९ का नागरिकले लगनखेल (पशु सेवा केन्द्र, पशु अस्पताल)मा गएर खोप लगाउनुपर्नेछ । 

त्यस्तै वडा नम्बर १, ९, १०, ११, १६ र २० का नागरिकले पाटनढोका (पाटन हाइस्कुल)मा, वडा नम्बर २, ३, ४ र १३ का नागरिकले ललितपुर महानगरपालिका प्रांगणमा र वडा नम्बर २३ र २४ का नागरिकले धापाखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्ने बताइएको छ ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.